कार्यव्यवस्था समितिको बैठक जारी « Khabarhub

कार्यव्यवस्था समितिको बैठक जारी


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बैठक सुरु भएको छ । आइतबार अपरान्ह ४ बजेबाट प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु हुनुअघि कार्यव्यवस्था समितिको बैठक बसेको हो । 

बैठकमा सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन सम्बन्धमा छलफल हुने एजेण्डा रहेको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार बैठकमा मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० पेस गर्ने सम्बन्धमा, आ.व. २०८०-०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल सम्बन्धमा, सांसदहरू बस्ने क्रम निर्धारण सम्बन्धमा, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी नियमावलीको व्यवस्था र सभाका सदस्यहरूको उपस्थिति वेवसाइट मार्फतै सार्वजनिक गर्ने र ई-हाजिरी सम्बन्धमा छलफल गर्ने एजेण्डा छन् । 

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ११ : ४६ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी