जसपाको केन्द्रीय समिति बैठक आह्वान « Khabarhub

जसपाको केन्द्रीय समिति बैठक आह्वान


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । बैठक यही वैशाख २७ गते बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको सो पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

पार्टीको विधान अधिवेशन, सरकारमा सहभागितालगायतका विषयमा छलफल गर्न उक्त बैठक बोलाइएको सो पार्टीले जनाएको छ । जनता समाजवादी पार्टीले आफ्ना जनप्रतिनिधिको विवरण समावेश गरी पुस्तिका प्रकाशन गर्ने भएको छ । पार्टीको केन्द्रीय सूचना, सञ्चार, प्रकाशन तथा प्रचार विभागको बैठकले उक्त निर्णय गरेको हो ।

स्थानीय तहका पदाधिकारीदेखि संघीय सांसदसम्मको विवरण पुस्तकमा समावेश गरी प्रकाशन गरिने विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार पार्टीको संयन्त्र र निर्वाचन आयोगसँग पुस्तक प्रकाशनका लागि आवश्यक समन्वय गरिनेछ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  १२ : ०० बजे

शिर निहुर्‍याएर विदेशिएका देउवा रुफटपमा फर्किए ! 

काठमाडौं– गत फागुन १३ गते गोप्य रूपमा उपचारका लागि सिंगापुरतिर

र्‍याडिसन होटलमा सरकारको स्टन्ट, विभागकै अधिकारी भन्छन्- ७० वटा सिलिण्डर चुल्होमै जोडिएका थिए

काठमाडौं– उद्योग मन्त्रालय अन्तर्गतको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले होटेल

वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई हिरासतमा राख्न तीन दिनको अनुमति

काठमाडौं- गोपनीयताको हकविरुद्धको अभियोग लगाएर पक्राउ गरिएका पत्रकार किशोर श्रेष्ठलाई

रोल्पा पहिरोप्रति रास्वपाद्वारा दुःख व्यक्त

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ–५, कोतलाबाङमा पहिरोमा परी