२० प्रतिशत लगानी गरे युवालाई सरकारले ८० प्रतिशतसम्म ऋण दिन पूर्वअर्थमन्त्री पाण्डेको सुझाव « Khabarhub

२० प्रतिशत लगानी गरे युवालाई सरकारले ८० प्रतिशतसम्म ऋण दिन पूर्वअर्थमन्त्री पाण्डेको सुझाव


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई आर्थिक वर्ष २०८०/८१ को बजेटबारे ४ बुँदे सुझाव दिएका छन् । अर्थमन्त्री महतले आयोजना गरेको पूर्वअर्थमन्त्रीहरुसँगको छलफलका क्रममा पूर्वअर्थमन्त्री पाण्डेले ४ बुँदे सुझाव प्रस्तुत गरेका हुन् । पाण्डेसहित अर्थमन्त्री महतले पूर्वअर्थमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, ज्ञानेन्द्रबहादुर कार्की, विष्णुप्रसाद पौडेल र डा. युवराज खतिवडासँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिएका हुन् ।

छलफलमा पूर्वअर्थमन्त्रीहरूले व्यावहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र अनावश्यक दायित्व थपिने गरी नयाँ आयोजना थप नगर्न सुझाव दिएका थिए ।

खबरहबसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्री पाण्डेले युवाहरूलाई रोजगारीमा ल्याउन र अहिलेको उद्यमशीलतालाई विकास गर्नका लागि राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने र यसका लागि सरकारले निर्देशन दिनेबारे सुझाव दिएको बताए ।

बजेटमार्फत् सरकारले युवाहरूलाई रोजगारीमा ल्याउन र अहिलेको उद्यमशीलतालाई विकास गर्नको लागि बिना धितो ऋण पाउने व्यवस्था गर्नेबारे छलफल गरेको पाण्डेको भनाइ छ । उनले युवाहरुले २० प्रतिशत लगानी गरे त्यसमा सरकरले ८० प्रतिशतसम्म ऋण दिने व्यवस्था गर्नेबारे पनि सुझाव दिएको बताए ।

उनले सक्षम उद्यमीलाई ३० प्रतिशत इक्युटीमा लगानी भए ७० प्रतिशतसम्म ऋण दिने व्यवस्थाबारे पनि आफूले जोड दिएको उल्लेख गरे ।

धनीहरूलाई कम्तीमा ५० प्रतिशत इक्युटी र ५० प्रतिशत ऋण दिनेबारे पनि चर्चा गरेको उनको भनाइ छ । यसका लागि सरकारले आर्थिक नीतिमा परिवर्तन ल्याउनु पर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ५ : १४ बजे

भीरबाट लडेर एक बालिकाको मृत्यु

बागमती– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जंगलमा भीरबाट लडेर एक बालिकाको

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको

रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ

काठमाडौं- सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन