राजनीतिक ‍परिवर्तन र लोकतन्त्रको रक्षामा नेपाली पत्रकारिताको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री शर्मा | Khabarhub Khabarhub

राजनीतिक ‍परिवर्तन र लोकतन्त्रको रक्षामा नेपाली पत्रकारिताको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री शर्मा


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक व्यवस्था परिवर्तन र लोकतन्त्रको रक्षामा नेपाली पत्रकारिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छिन् ।

आठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले विभिन्न राजनीतिक आन्दोलनमा जनतामा जागरण ल्याउन पत्रकारिताले एतिहासिक भूमिका निर्वाह गरेको बताए ।

“पञ्चायतकालको कालरात्रिमा जनतालाई जागरुक बनाउन नेपाली पत्रकारिता क्षेत्रले निर्वाह गरेको ऐतिहासिक भूमिका हामी युगयुगसम्म सम्झिरहने छौंँ”, उनले भने ।

राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने र यसमार्फत जनताको जीवनस्तरमा रुपान्तरण ल्याउनु राजनीति र पत्रकारिता दुवै क्षेत्रको दायित्व भएको उनको भनाइ छ । उनले समाजका हरेक क्षेत्रमा नकारात्मकताको प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई चिर्न पत्रकारिताको महत्वपूर्ण भूमिका हुनुपर्ने उल्लेख गरिन् ।

“गलत क्रियाकलापको आलोचना स्वभाविकै भए पनि राम्रा कामलाई पनि नकारात्मक ढङ्ले पस्कने प्रवृत्तिको विकास हुन थालेको छ । यसलाई चिर्दै आमसञ्चारमाध्यमले विभिन्न क्षेत्रमा भइरहेका सकारात्मक प्रयासलाई प्रस्तुत गर्नुपर्छ”, उनले भनिन् ।

उनले सञ्चार संस्थाको सवलीकरण र श्रमजीवी पत्रकारको भौतिक तथा पेशागत सुरक्षाप्रति सरकार गम्भीर भएको स्पष्ट पारिन् । आमसञ्चारमाध्यमलाई राष्ट्रिय उद्योग सरह मान्यता दिने, साना लागानीका स्वरोजगारमूलक र गैरनाफामूलक सञ्चारमाध्यमको प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ । श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनसँगै पत्रकारको दक्षता अभिवृद्धिका लागि सङ्घ र प्रदेशस्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना लगायतका मुद्दा प्राथमिकतामा रहेको उनले जानकारी दिइन् ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ५ : ५६ बजे

इरानमा अमेरिकी आक्रमणको पाकिस्तानद्वारा कडा शब्दमा निन्दा, साउदीले भन्यो : सबै पक्ष संयमित बनौँ

इस्लामावाद– अमेरिकाले इरानका परमाणु स्थलहरूमा गरेको आक्रमणको पाकिस्तानले कडा शब्दमा

खैरो हिरोइनसहित भद्रपुरबाट दुई जना पक्राउ

भद्रपुर– झापाको भद्रपुर भन्सार चोकबाट लागूऔषध खैरो हिरोइनसहित दुई जना

 निर्वाचन प्रणाली बदल्नुपर्छ : सांसद शाही

काठमाडौं– सांसदहरूले निर्वाचन प्रणाली बदलेर नयाँस्वरूपमा जानुपर्नेमा जोड दिएका छन्

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

राजविराज– हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवा जाने बाँधको भित्री सडकखण्डमा आज

नेपालमा चौथो पटक एमपक्स पुष्टि

काठमाडौं– नेपालमा चौथो पटक एमपक्स (मङ्कीपक्स)  पुष्टि भएको छ ।