अब साउदीबाटै पुन: श्रम स्वीकृति सुरु गरिने « Khabarhub

अब साउदीबाटै पुन: श्रम स्वीकृति सुरु गरिने


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

दोहा– साउदी अरबबाटै पुन: श्रम स्वीकृति सुरु गरिने भएको छ। रियादस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै श्रम स्वीकृतिको अवधि सकिएका र पुन: श्रम स्वीकृति लिनु पर्ने व्यक्तिहरूलाई अनलाइन मार्फत आवेदन दिन सूचित गरेको हो ।

दूतावासका अनुसार फेमिस अनलाइन प्रणालीमा आवश्यक कागजात सहित आवेदन दिनु पर्नेछ । यसका लागि राहदानीको फोटो, इकामाको फोटो, छुट्टीको कागज भएकाले सो भिसाको प्रतिलिपि, बिदा समाप्त हुने अवधि खुलेको कागजात, रि इन्ट्री भिसा नभएकाले इकामाको म्याद खुलेको निस्सा वा एव्सोरबाट ईकामाको म्याद देखिने गरी स्कृनसट गरिएको फोटो अपलोड गर्न आग्रह गरेको छ ।

यसैगरी यस अगाडि श्रम स्वीकृति लिँदाको र हाल कार्यरत रहेको कम्पनी फरक भएमा हाल कार्यरत कम्पनीसँग गरिएको करार सम्झौतापत्र र सवारी चालकहरूको हकमा साउदी अरबबाट जारी भएको सवारी चालक अनुमति पत्रको निस्सा अपलोड गर्नुपर्नेछ ।

घरेलु कामदारको रुपमा कार्यरत व्यक्तिले माथि भनिएका कागजातका अलावा कफिलको परिचयपत्र अर्थात कफिलको आइडी, तलव, भत्ता लगायतका अन्य सेवासुविधा खुलेको करार सम्झौता तथा स्वघोषणा फारम भरेर बुझाउनु पर्ने दूतावासले जनाएको छ । 

यसअघि कतारस्थित नेपाली दूतावासले पनि दूतावासबाट नै पुन: श्रम स्वीकृति दिन सुरु गरिसकेको छ। नेपाल सरकारको निर्णयबमोजिम गन्तव्य मुलुकमा रहेको नेपाली कुटनैतिक नियोगबाट श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ६ : ४९ बजे

आज दिनभर एमाले अध्यक्ष ओली दमकमा व्यस्त

दमक – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सोमबार दिनभर

मुग्लिन–मलेखु सडकमा कालोपत्र गरिँदै

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम

नयाँ वर्षमा तुलसी घिमिरेको ‘पहाड’ प्रदर्शनको घोषणा

काठमाडौं– वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ आगामी

चितवनका वडा-वडामा रवि लामिछानेको ‘घण्टी अभिवादन’

​चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी

सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्र

मुस्ताङ– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ