प्रदेश १ पुनः नामाङ्कन संघर्ष समितिद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक « Khabarhub

प्रदेश १ पुनः नामाङ्कन संघर्ष समितिद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोशी प्रदेशको पुनः नामाकरणको हुनुपर्ने माग राख्दै आन्दोलनरत प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले कोशी नाम खारेजी जागरण अभियान अन्तर्गत आमसभा, बहिष्कार, तालाबन्दी, कालो झण्डा गाड्नेलगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । समितिले कोशी नामाङ्करणमा हस्ताक्षर गर्ने सांसद र प्रमुख दलका नेता सहभागी कार्यक्रममा विरोध प्रदर्शन गर्ने र उनीहरुलाई होटलमा बस्न र कार्यक्रमका लागि हल नदिन आग्रह गर्ने जनाएको छ ।

त्यस्तै, आन्दोलनलाई शसक्त बनाउनका लागि वैशाख २६ गते झापाको दमकमा राँके जुलुस प्रदर्शन गर्ने किरात राई यायोक्साका अध्यक्ष जीवन हाताचो राईले जानकारी दिए । त्यस्तै, वैशाख २८ गतेदेखि आमसभा, सङ्घर्ष समिति विस्तार, तालाबन्दी, कोशी नाम हटाउने, जलाउने, मेट्ने, कालो झण्डा गाड्ने र ८२ जना सांसदलाई बहिष्कार कार्यक्रम जारी राख्ने उनले बताए ।

त्यस्तै, जेठ २ गतेदेखि ५ गतेसम्म कोशी प्रदेशका १४ वटै जिल्लाका मुख्य स्थानमा जनजागरण अभियानलाई तीव्रता दिने, जेठ दोस्रो हप्ता वृहत भेला आयोजना गर्ने राईले बताए ।

समितिले आफूहरुको आन्दोलन कुनैपनि पार्टी र नेतृत्व विशेषप्रति लक्षित नभएको प्रष्ट पारेको छ । त्यस्तै समितिले जनताले सडक संघर्ष गरिरहँदा समस्या समाधानको साटो आन्दोलनलाई थप उत्तेजित पार्न र विभिन्न आरोप लगाएर संघर्षलाई भड्काउने काम कोशी नाम पक्षधर दलले गरेको आरोप लगाएको छ । नामाङ्करणको विरोधमा संघर्षरत जनतालाई राजावादी भनेर झूठा आरोप लगाउनु निन्दनीय भएको समितिको भनाइ छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ४ : ३६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना