जनताको समस्या र भ्रष्टाचारको विरुद्धमा अर्धनग्न भएर विरोध गरेको हुँ : सांसद सिंह | Khabarhub Khabarhub

जनताको समस्या र भ्रष्टाचारको विरुद्धमा अर्धनग्न भएर विरोध गरेको हुँ : सांसद सिंह


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आम जनताको समस्या र देशमा मौलाएर गएको भ्रष्टाचारको विरुद्धमा आफूले अर्धनग्न भएर विरोध गरेको बताएका छन् ।

खबरहबसँग विशेष कुराकानी गर्दै सांसद सिंहले सोमबार बसेको संसदीय दलको बैठकमा नक्कली भुटानी शरणार्थी बनाएर ठूलो मात्रामा भ्रष्टाचार भएको विषयमा बोल्न खोज्दा समय नपाएपछि आफूले विरोध जनाएको बताए ।

सम्बन्धित मन्त्री, सचिव या अन्य सबैलाई कानूनको दायरामा लगेर निष्पक्ष ढङ्गबाट निर्णय हुनुपर्छ भन्दा आफूलाई बोल्न समय नदिएको उनको जिकिर छ ।

उनले नेपालमा भ्रष्टाचारको परिभाषा साना मान्छे वा साना कर्मचारीलाई मुद्दा लगाउने र ठूला राजनीतिक तहका नेताहरूलाई उम्काउनेजस्तो भएको टिप्पणी गरे ।

पीडित र अभियुक्तको बयान फेर्न र अनुसन्धानको दायरलाई साँघुरो बनाउन खोजिएको भनेर नेपाल प्रहरीका उच्च पदस्थ पदाधिकारी र महान्यायाधिवक्ता कार्यालयका उच्च पदस्थ पदाधिकारीले संसदमा आवाज उठाउन आफूलाई आग्रह गरेको उनको भनाइ छ ।

यसै विषयमा बोल्न खोज्दा आफूलाई समय नदिएपछि विरोधस्वरुप अर्धनग्न भएको उनले बताए । तोडफोड, हत्याहिंसामा आफूले विश्वास नराख्ने भन्दै उनले आफ्नै शैलीमा विरोध जनाएको स्पष्ट पारे ।

१५ वर्षको भ्रष्टाचारका कारण नेपाली समाज अर्धनग्न भइसकेको उल्लेख गर्दै उनले जनताको चित्कार सुनेर आफूले विरोध जनाएको बताए । विरोधको यस्तो शैली मेक्सिको, क्यानडा लगायतका धेरै ठाउँमा पनि अभ्यासमा रहेको उनको भनाइ छ ।

विरोधको आफ्नो शैलीबाट कसैलाई असर परेको भए क्षमा गरिदिन समेत उनले आग्रह गरे ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ५ : ४० बजे

सीमान्तकृत समुदायका लागि सुरक्षित आवासमा पहुँच वृद्धि गर्न जोड

काठमाडौं – आवाससम्बन्धी संविधानप्रदत्त अधिकार प्राप्तिका लागि सीमान्तकृत समुदायको सुरक्षित

अल्जेरियामा फुटबल समर्थकहरू बीच भागदौड : तीन जनाको मृत्यु, ८१ घाइते

अल्जियर्स – अल्जेरियाको राजधानी अल्जियर्समा मोलुदिया क्लब द अल्जेर (एमसीए)

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी विश्वकप क्रिकेट लिग २

पशुपतिनाथ र बुद्ध पुकार्दै कान्छारामले भने- प्रकाशमान र विष्णुलाई ०८४ पछि संसद्‍मा देख्नु नपरोस्

काठमाडौं- नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले संघीय सरकारका