शुक्रबारभित्रै लुम्बिनी सरकारले पूर्णता पाउँछ : प्रवक्ता पाण्डे « Khabarhub

शुक्रबारभित्रै लुम्बिनी सरकारले पूर्णता पाउँछ : प्रवक्ता पाण्डे


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेश सरकारका प्रवक्ता सन्तोष पाण्डेले शुक्रबारभित्रै सरकारले पूर्णता पाउने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले कानुन दिवसको अवसरमा  आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पाण्डेले जनताले अनुभव गर्ने गरी काम गर्ने टिम सहितको सरकार बिस्तार गर्ने बताए । उनले दिगो विकासको अवधारणा सहित सरकार अघि बढ्ने जिकिर गर्दै संघीयतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न प्रदेश सरकारलाई पूर्ण अधिकार दिनुपर्नेमा जोड दिए । 

नीति नियमलाई पालना गरी आम नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी मुख्यमन्त्री डिल्ली बहादुर चौधरी नेतृत्वको सरकार लाग्ने उनको भनाइ छ ।

त्यस्तै नेकपा एमालेका लुम्बिनी प्रदेशसभा प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले नेकपा एमाले कानुनी राज्यको पूर्ण पालना र सुशासनको पक्षमा रहेको जिकिर गर्दै जुन सुकै भ्रष्टाचारीलाई संरक्षण गरेर नबस्ने जिकिर गरे । उनले एमाले भागबन्डाको राजनीति स्वीकार नगर्ने भन्दै आर्थिक संकटको अवस्थामा पनि मन्त्रालय थप्नु सुशासन विरोधी काम भएको दाबी गरे ।

त्यस्तै कांग्रेसका नेतृ निर्मला क्षेत्रीले प्रदेश सरकारले जनताको हकहितका लागी काम गर्नुपर्ने बताए ।  उनले प्रदेश सरकार नीति नियम र कानुनको अभावका कारण अपूर्ण रहेको उल्लेख गर्दै संघीयता कार्यान्वयनका लागी प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  १२ : २७ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको