सगरमाथा आरोहण गर्न चार सय ६७ आरोहीले लिए अनुमति « Khabarhub

सगरमाथा आरोहण गर्न चार सय ६७ आरोहीले लिए अनुमति


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पर्यटन विभागको विवरणमा यही वैशाख २५ सम्म वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार सय ६७ आरोहीले अनुमति लिएका छन् । यस याममा सगरमाथा आरोहण अनुमति लिने आरोही लगभग आइसकेका र बुधबारसम्म केही अनुमति लिने प्रक्रियामा रहेका शाखा अधिकृत विज्ञान कोइरालाले जानकारी दिए । अनुमति लिएका आरोही अहिले सगरमाथाको आधारशिविर र दोस्रो शिविरमा आरोहणको प्रतिक्षामा छन् ।

सगरमाथाको साउथ कोल चौथो शिविरसम्म सगरमाथा आरोहणका लागि दक्ष कामदार आइसफल डाक्टरले बाटो बनाइसकेका छन् । सगरमाथाको चुचुरोमा डोरी टाँगेपछि आरोहण सुरु हुन्छ । यही वैशाख १० गते नै सगरमाथाको चाँथो शिविरसम्म बाटो खुलाइएपनि प्रतिकूल मौसमका कारण आइसफल डाक्टरले चुचुरोसम्म बाटो पु¥याउन कठिन भइरहेको छ । उनीहरु एकसाता बढीसमयदेखि आधार शिविरमा छन् ।

सगरमाथाको सात हजार पाँच सय मिटरमाथि क्षेत्रमा तीव्र वेगको हावा चलिरहेकाले आरोहणलाई निरन्तरता दिन नसकिएको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको ‘इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनी’ ले जनाएको छ ।

सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपिसिसीले बाटो बनाएको थियो । सगरमाथाको साउथ कोलसम्म यही वैशाख १० गते नै बाटो खुलिसकेको थियो । वसन्त ऋतुको आरोहणका लागि सगरमाथासहितका विभिन्न हिमालचुली आरोहणका एक सय २६ आरोही समूहका दुई सय ५४ महिला र आठ सय ६९ पुरुष गरी कूल एक हजार एक सय २३ आरोहीले अनुमति लिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ५ : ४१ बजे

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित

मधेस सम्झौताबारे सरकारको स्पष्टीकरण : गृहमन्त्रीले कुनै ठोस सम्झौता गरेका छैनन्

काठमाडौँ । सरकारले सुनसरी र मधेस प्रदेशमा भएका घटनाका सन्दर्भमा

राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई

नेपाल लिकर्सका सीईओ तुलाधर एसिया बिजनेस लिडर्स अवार्डबाट सम्मानित

काठमाडौं– नेपाल लिकर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिनश वीर सिंह