सहकारी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने सरकारको निर्णय « Khabarhub

सहकारी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने सरकारको निर्णय


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले सहकारी क्षेत्रमा देखिएको समस्याको सुधार गर्नका लागि कार्यदल गठन गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी क्षेत्र सुधार कार्यदल २०८० गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

बैठकले बिदेशबाट आउदा आफ्नो साथमा दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्थाका लागि झिटीगुण्टा सम्बन्धी सूचना नियमावली संशोधन गर्ने निर्णय गरेको छ भने नेपाल कृषि वन सेवा समिकरणको सचिव पदमा रेवतीरमण पौडेललाई बढुवा गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।

बैठकले नेपाल व्यापार एकीकृत रणनीति २०८० स्वीकृत गरेको छ । त्यस्तै बैठकले ढल्केवर–वाणगंगा १३२ केभि प्रशारण लाईन निर्माणका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भीक कारवाही चलाउने अधिकारी तोक्ने, कोहलपुर बितरण केन्द्रका लागि जग्गा प्राप्ती गर्ने र प्रारम्भीक कारवाही चलाउने अधिकारी तोक्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, बैठकले केहि सहसचिवको सरुवा गर्ने निर्णय पनि गरेको छ भने इसिमोड बोर्ड अफ गभरनेन्स मिटिङमा सहभागी हुन योजना आयोगका उपाध्यक्षलाई स्वीकृति दिने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ६ : १६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना