नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान प्रक्रियालाई सघाउने एमालेको निर्णय « Khabarhub

नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान प्रक्रियालाई सघाउने एमालेको निर्णय


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान प्रक्रियालाई सघाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले एमाले कानुन र विधिको शासन मान्ने पार्टी भएकाले विधिपूर्वक कानुन पूर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

एमाले सचिव टोपबहादुर रायमाझीको नाम अनुसन्धानको सन्दर्भमा आएको भन्दै एमालेले पार्टीबाट कारवाही गर्न हतार नगर्ने समेत जनाएको छ । बैठकले बैंशाख २८ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि विभिन्न १० वटा एजेण्डा तयार गरेको गुरुङले बताए ।

केन्द्रीय कमिटी बैठकमा राजनीतिक घटनाक्रम, अध्यक्षको राजनीतिक प्रतिवेदन पेश, मिसन ग्रासरुटको प्रतिवेदन पेश लगाएतका एजेण्डामाथि छलफल हुने गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ६ : ४२ बजे

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र ६४

भारतीय पर्यटकले भरिभराउ पोखरा (तस्बिरहरू)

पोखरा– भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै नेपालको पर्यटकीय राजधानी पोखरा यतिबेला

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

एजेन्सी– मध्य इन्डोनेसियामा मंगलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन

तुलसीपुर– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सोमबारदेखि सुरु

विपक्षीको एउटै आवाज : सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्

काठमाडौं– विपक्षी दलका सांसदहरूले मंगलबार पनि सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति