बालकृष्ण पक्राउ परेपछि शेखरले भने, ‘जो दोषी देखिए पनि कारबाही हुनुपर्छ’ « Khabarhub

बालकृष्ण पक्राउ परेपछि शेखरले भने, ‘जो दोषी देखिए पनि कारबाही हुनुपर्छ’


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा जो दोषी देखिए पनि कारबाही हुनुपर्ने बताएका छन् ।

यो प्रकरणमा आफ्नै पार्टीका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण आज बिहान पक्राउ परेको केही घण्टामा कोइरालाले जो पक्राउ परे पनि राजनीतिक दबाब दिन नहुने बताएका हुन्।

आज बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग उनले भने, ‘जोजो दोषी हो, उनीहरुलाई कारबाही हुनपर्छ यसमा इफ र बटको कुरै छैन। उनीहरुले पनिसमेन्ट पाउनुपर्छ । यसमा राजनीतिक दबाब हुनु हुँदैन ।’

नेपाली नागरिकलाई राज्य शक्तिको चरम दुरुपयोग गरी नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनु देशका लागि लज्जास्पद भएको डा. कोइरालाले बताए ।

यो प्रकरणले अन्तर्राष्ट्रिय रुप लिइसकेको बताउँदै उनले अब गृह मन्त्रालय र प्रहरी प्रशासनले अनुसन्धान बीचमै नरोक्ने विश्वास व्यक्त गरेका छन् ।उनले भने, ‘यसमा प्रहरीले गरिरहेको अनुसन्धान अब रोकिन्छ भन्ने मलाई चाहिँ लाग्दैन । प्रहरीले यो अनुसन्धान एउटा लेभलसम्म पुर्‍याउँछ, पुर्‍याउँछ ।’

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ११ : ०३ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने