भारतमा कर्णाटक विधानसभाको निर्वाचनका लागि मतदान सम्पन्न « Khabarhub

भारतमा कर्णाटक विधानसभाको निर्वाचनका लागि मतदान सम्पन्न


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको कर्णाटक राज्यमा विधानसभा चयन गर्न मतदान सम्पन्न भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ६ बजे सम्पन्न भएको हो ।

केही स्थानमा छिटफुट हिंसात्मक घटना भएपनि समग्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको भारतको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा २ हजार ६ सय १५ जनाले उम्मेदवारी दिएका छन् । मतदानका लागि ३७ हजार ७ सय ७७ स्थानमा ५८ हजार ५ सय ४५ मतदान केन्द्र तोकिएका छन् । मतदानका लागि ५ करोड ३० लाख मतदाता योग्य रहेको भारतीय अखबार हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।

२२४ सिट रहेको कर्णाटक विधानसभामा सरकार बनाउनका लगि ११३ सिट आवश्यक पर्छ ।

यस निर्वाचनका प्रमुख मुद्दामा भ्रष्टाचार, सुशासन, राष्ट्रिय स्वयंसेवक संघको अङ्ग मानिने विश्व हिन्दू परिषदको युवा संगठन बजरंग दलमाथि प्रतिबन्ध लगाउने भारतीय कांग्रेस पार्टीको घोषणालगायत रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

निर्वाचनको नतिजा भने १३ मेपछि आउने जनाइएको छ ।

हाल केन्द्रको सत्तामा रहेको भारतीय जनता पार्टी भाजपाले कर्णाटकमा सरकारको नेतृत्व गरिरहेको छ । यद्यपि टिकट वितरणका क्रममा भाजपामा देखिएको आन्तरिक कलह, मौलाउँदै गएको भनिएको भ्रष्टाचार, कथित यथास्थितीविरोधी लहर र कांग्रेस पार्टीको आक्रामक प्रचारका कारण यसपालीको निर्वाचनमा भाजपाले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्ने भारतीय राजनीतिक पण्डितहरुको विश्लेषण छ ।

आगामी वर्ष हुन लागेको आम निर्वाचनको झल्को दिने भएकाले कर्णाटक विधानसभा निर्वाचनलाई निकै चासोपूर्वक हेरिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ६ : १६ बजे

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान- इरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि

सई यादव हत्याका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ

काठमाडौं– ‘हाम्रो आशा–भरोसा सबै टुटिसकेको थियो । भाइको हत्यामा संलग्न

पहिरो खसेपछि मुग्लिनमा सवारी जाम (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको

‘आज मसँग न पैसा छ, न बैङ्क ब्यालेन्स’, बालगायक अशोक दर्जी भन्छन्, ‘धेरै थाकिसकेँ’

काठमाडौं- कुनै समय सडकमा गीत गाउँदै हिँड्ने बालकका रूपमा नेपाली