इथियोपियामा हैजाको माहामारी, ९४ जनाको मृत्यु « Khabarhub

इथियोपियामा हैजाको माहामारी, ९४ जनाको मृत्यु


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसीएचए)ले दक्षिणपूर्वी इथियोपियामा जारी हैजाका कारण मृत्यु हुनेको सङ्ख्या ९४ पुगेको जनाएको छ ।

युएनओसीएचएले बिहीबार अबेर जारी गरेको पछिल्लो स्थिति अद्यावधिकमा हैजाको प्रकोप सबैभन्दा लामो भएको र सीमापार फैलिने उच्च जोखिम रहेको जनाएको छ । बाढीले पूर्वी अफ्रिकी मुलुकका प्रभावित क्षेत्रमा हैजालगायत स्वास्थ्य जोखिमलाई अझ बढाएको पनि चेतावनी दिइएको छ ।

प्रभावित क्षेत्रमा करिब ४१ हैजा उपचार केन्द्र र एकाइ सञ्चालनमा रहेको र मे महिनाको सुरुसम्ममा अनुमानित ३५ हजार ८५० जनाले स्वच्छ पिउने पानी पाएका छन् ।

युएनओसीएचएको तथ्याङ्कअनुसार करिब एक लाख मानिसलाई यसअघि खोप लगाइएको थियो भने अप्रिलको सुरुसम्म उपलब्ध १९ लाख डोजसहितको नयाँ चरणको हैजा खोप अभियान मे महिनाको मध्यतिर सुरु हुनेछ । यद्यपि, प्रभावित क्षेत्रमा ७० लाखभन्दा बढी जनसङ्ख्या बसोबास गर्ने भएकाले यो अभियानबाट लक्षित समूहले सेवा पाउनेमा शङ्का व्यक्त गरिएको छ ।

विशेष गरी सुरक्षित खानेपानी आपूर्ति प्रणाली, सरसफाइ र स्वच्छतामा रणनीतिक लगानीले असुरक्षा र विस्थापनबाट प्रभावित कमजोर समुदायमा समेत हैजाको जोखिमलाई हटाउन सक्ने उल्लेख गर्दै युएनओसीएचएले भनेको छ, “मुखबाट दिइने हैजा खोपको दायरा फराकिलो बनाउन थप कोषको आवश्यकता देखिन्छ ।”

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ९ : ३२ बजे

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र

सरकारले सुराकी गरेको भन्ने अमरेशको दाबीमा सस्मित : उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो ?

काठमाडौं- नेपाल सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र

दुई सह-सचिवको बढुवा, कर्ण गण्डकी र कर्माचार्य ऊर्जा मन्त्रालयमा

काठमाडौं– सरकारले प्रशासन र प्राविधिक सेवातर्फका दुई सह-सचिवलाई सचिवमा बढुवा

हिमाली युवा कार्यदलको अन्तर्राष्ट्रिय संयोजक तथा सम्पर्क व्यक्तिमा सोनिका नियुक्त

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र बालबालिका तथा युवाहरूको आधिकारिक वैधानिक संस्था मेजर

मलेसियाबाट म्यान्माली नागरिक स्वदेश फर्काइँदै, अधिकार समूहको विरोध

क्वालालम्पुर– मलेसियाले करिब १ हजार ५०० म्यान्माली नागरिकलाई स्वदेश फर्काउने