इथियोपियामा हैजाको माहामारी, ९४ जनाको मृत्यु | Khabarhub Khabarhub

इथियोपियामा हैजाको माहामारी, ९४ जनाको मृत्यु


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसीएचए)ले दक्षिणपूर्वी इथियोपियामा जारी हैजाका कारण मृत्यु हुनेको सङ्ख्या ९४ पुगेको जनाएको छ ।

युएनओसीएचएले बिहीबार अबेर जारी गरेको पछिल्लो स्थिति अद्यावधिकमा हैजाको प्रकोप सबैभन्दा लामो भएको र सीमापार फैलिने उच्च जोखिम रहेको जनाएको छ । बाढीले पूर्वी अफ्रिकी मुलुकका प्रभावित क्षेत्रमा हैजालगायत स्वास्थ्य जोखिमलाई अझ बढाएको पनि चेतावनी दिइएको छ ।

प्रभावित क्षेत्रमा करिब ४१ हैजा उपचार केन्द्र र एकाइ सञ्चालनमा रहेको र मे महिनाको सुरुसम्ममा अनुमानित ३५ हजार ८५० जनाले स्वच्छ पिउने पानी पाएका छन् ।

युएनओसीएचएको तथ्याङ्कअनुसार करिब एक लाख मानिसलाई यसअघि खोप लगाइएको थियो भने अप्रिलको सुरुसम्म उपलब्ध १९ लाख डोजसहितको नयाँ चरणको हैजा खोप अभियान मे महिनाको मध्यतिर सुरु हुनेछ । यद्यपि, प्रभावित क्षेत्रमा ७० लाखभन्दा बढी जनसङ्ख्या बसोबास गर्ने भएकाले यो अभियानबाट लक्षित समूहले सेवा पाउनेमा शङ्का व्यक्त गरिएको छ ।

विशेष गरी सुरक्षित खानेपानी आपूर्ति प्रणाली, सरसफाइ र स्वच्छतामा रणनीतिक लगानीले असुरक्षा र विस्थापनबाट प्रभावित कमजोर समुदायमा समेत हैजाको जोखिमलाई हटाउन सक्ने उल्लेख गर्दै युएनओसीएचएले भनेको छ, “मुखबाट दिइने हैजा खोपको दायरा फराकिलो बनाउन थप कोषको आवश्यकता देखिन्छ ।”

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ९ : ३२ बजे

निर्वाचनलाई लक्षित गरी महोत्तरीका ११ वटा सीमानाका सिल गरिने

जलेश्वर– भारतको विहार राज्यमा आगामी मंगङ्गलबार हुन लागेको विधानसभा निर्वाचनलाई

बागलुङमा पिकअप दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

ढोरपाटन– बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते

सेटलाइट कृषि फार्मका लागि ८०१ रोपनी जग्गा प्राप्ति

मुस्ताङ– मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमीमा सेटलाइट कृषि फार्म स्थापनाका लागि

चन्द्रागिरी केबलकार पुनः सञ्चालन (तस्बिरहरू)

काठमाडौं– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोडपछि दुई

उत्तर कोरियाको चेतावनी : थप ‘आक्रामक कारबाही’ गर्ने घोषणा

सियोल– पछिल्लो ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणपछि अमेरिकालगायत दक्षिण कोरियाले आलोचना गरेपछि