साउदीमा सवारी दुर्घटनामा परेका रखाललाई नेपाल ल्याइयो « Khabarhub

साउदीमा सवारी दुर्घटनामा परेका रखाललाई नेपाल ल्याइयो



दोहा – साउदी अरेबियाबाट नेपाल फर्किने क्रममा सवारी दुर्घटनामा परेका भक्तमणि रखाललाई नेपाल ल्याइएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका घर भएका रखाललाई साउदीस्थित नेपाली दूतावासको विशेष पहलमा वैशाख २१ गते (४ मे) नेपाल ल्याइएको हो ।

गत २१ जनवरी २०२३ का दिन नेपाल फर्किनका लागि विमानस्थल जाँदै गर्दा रखाललाई पछाडिबाट गाडीले ठक्कर दिएको थियो । लामो समयसम्म कोमामा रहेका रखालको स्वास्थ्यवस्थामा क्रमशः सुधार हुँदै गइरहेको र परिवारले छिटो पठाइदिन गरेको अनुरोधका कारण नेपाल पठाइएको दूतावासले जनाएको छ ।

उनको किङ अब्दुल्लाह मेडिकल सिटी अस्पतालमा उपचार भएको थियो । रखाललाई ठक्कर दिने सवारीसाधनबारे प्रहरीले हालसम्म पनि कुनै विवरण प्राप्त गर्न नसकेको दूतावासले उल्लेख गरेको छ । उनी वैदेशिक रोजगारीको सिलसिलामा विगत सात वर्षदेखि साउदीमा थिए ।

रखाललाई स्वदेश ल्याउँदा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोरेको जनाउँदै हाल परिवारले जिम्मा लगाएर अस्पतालमा भर्ना गरी थप उपचारको क्रममा रहेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ८ : १८ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब