आर्थिकरूपमा कमजोरलाई निःशुल्क उपचार गर्ने व्यवस्था हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत | Khabarhub Khabarhub

आर्थिकरूपमा कमजोरलाई निःशुल्क उपचार गर्ने व्यवस्था हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अब कसैले पनि स्वास्थ्योपचार नपाई मृत्युवरण गर्न नपर्ने बताएका छन् । हेलम्बु–३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले गरिबले अस्पतालमा गएर उपचार गर्न सक्ने अवस्था सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै गरिबका छोराछोरीले निःशुल्क पढ्न पाउनुपर्छ भनेर अभियान चलाउने र जिल्लाको बाह्रबिसे नगरपालिकाबाट सुरु भइसकेको पनि उहाँले जानकारी दिए । मन्त्री बस्नेतले पाल्चोक मन्दिरलाई व्यवस्थित र आकर्षित बनाउने र पाल्चोकलाई पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ समिरले आफ्नो कार्यकालमा सडक र खानेपानीमा धेरै काम बताए । उनले आफूले सांसद भएदेखि नै प्रदेश सरकारसमक्ष यहाँका समग्र समस्या अवगत गराउँदै आएको दाबी गरे ।

पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममम सांसद तामाङले पाल्चोक मन्दिरलाई अझै प्रचार–प्रसारको आवश्यकता रहेको बताउँदै उनले सडक स्तरोन्नति गर्न प्रदेशलाई सिफारिस गरेको र अबको आर्थिक वर्षमा योजनापर्ने बताए ।

हेलम्बु ग्रेट ट्रेललाई प्रदेशको गौरवको योजना बनाउन प्रदेश सरकारको २०८०र८१ को नीति तथा योजनामा सिफारिस गरिएको उनले जानकारी दिए । कार्यक्रममा नेपाली कांग्रेसका पुराना नेता कान्छा लामा, बागमती प्रदेशका पूर्व स्वास्थ्यमन्त्री निमा लामासहितले शुभकामना मन्तव्य राखेका थिए।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ९ : १४ बजे

देवघाटधाम गण्डकी परिक्रमा महोत्सव सुरु

चितवन– देवघाटधाम गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको छ । पवित्र

विशेष पत्रकार सम्मेलन गर्दै माओवादी उपमहासचिव जनार्दन शर्मा

काठमाडौं– नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को एकताप्रति असन्तुष्ट

तोलामा एक हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन

पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

गण्डकी– मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण

अनमोलको नायक यात्रा : ट्याग मेघा स्टार, दोस्रो इनिङले अनुभव गरायो १० करोडको ग्रस कलेक्सन

काठमाडौं – कन्टेन्टमा दम भएका फिल्मले नै राम्रो व्यापार गर्ने