सिन्धुपाल्चोक क्रिकेट सङ्घको तदर्थ समिति गठन « Khabarhub

सिन्धुपाल्चोक क्रिकेट सङ्घको तदर्थ समिति गठन


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – क्रिकेट खेलको विकाससँगै सम्भावनायुक्त खेलाडी उत्पादन गर्ने उद्देश्यले पहिलोपटक सिन्धुपाल्चोक क्रिकेट सङ्घको तदर्थ समिति गठन भएको छ । मेलम्चीमा शनिबार सम्पन्न भेलाले विजयकुमार धितालको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

नवगठित अन्य पदाधिकारीमा उपाध्यक्ष राजन धिताल, सचिव अजयकुमार धिताल, कोषाध्यक्ष राजु सापकोटा, सदस्यमा विजेश श्रेष्ठ, प्रकाश सापकोटा, रुद्रशरण श्रेष्ठ, दिलीप लामा, सागर खड्का, सन्तोष चौलागाईँ, अनिलकुमार धिताल रहेका छन् ।

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पछिल्लो समय क्रिकेटले पाइरहेको सफलताले देशले गर्व गर्ने वातावरण बनेको बताए । क्रिकेट खेललाई प्रोत्साहन गर्न आगामी दिनमा उपयुक्त मैदान निर्माण गरेर प्रतियोगिता आयोजना गर्न तथा क्रिकेट खेलको विकासका लागि सहकार्य गर्ने उनले जानकारी दिए ।

यस्तै क्रिकेट खेललाई सिन्धुपाल्चोकमा स्थापित गर्न सुरुआतदेखि नै सहयोग गर्दै आएका पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले नवगठित तदर्थ समितिलाई बधाई दिँदै क्रिकेट खेलको विकाससँगै खेलमैदान निर्माणमा आवश्यक पहल र सहकार्य गर्न तत्पर रहेको जनाए ।

उनले सिन्धुपाल्चोक क्रिकेट सङ्घले जिल्लामा क्रिकेट खेललाई स्थापित गरेर देशले गर्व गर्ने खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे। साथै क्रिकेट खेलको विकासका लागि निरन्तर सहयोग गर्नेसमेत प्रतिबद्धता जनाए ।

नवगठित तदर्थ समितिका अध्यक्ष धितालले सिन्धुपाल्चोक क्रिकेट सङ्घको तदर्थ समिति गठनपश्चात क्रिकेट खेललाई आधिकारिकरूपमा जिल्लामा स्थापित गर्न गोरेटो बाटो निर्माणको सुरुआत भएको बताए । नेपाली क्रिकेट जगत्ले एकपछि अर्को सफलता हात पार्दै जाँदा यसको लोकप्रियता पनि बढ्दो छ । पछिल्लो समय क्रिकेटलाई बुझेर माया गर्ने दर्शकको साथ पनि उल्लेख्य वृद्धि भएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ८ : ३८ बजे

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै