पासाङ ल्यामुका श्रीमान् सोनामद्वारा सगरमाथा आरोहण « Khabarhub

पासाङ ल्यामुका श्रीमान् सोनामद्वारा सगरमाथा आरोहण


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पहिलो नेपाली महिला सगरमाथा पर्वतारोही पासाङ ल्यामु शेर्पाका श्रीमान् सोनाम शेर्पाले सगरमाथाको चुचुरो छोएका छन् ।

यती समूहका अध्यक्ष समेत रहेका शेर्पाले आज बिहान ७ बजेर ३४ मिनेटमा सगरमाथाको चुचुरो टेकेका हुन् । यसँगै उनले सातै महादेशका सबै उच्च हिमशिखरको सफलतापूर्वक आरोहण गरेका छन् ।

२०५० सालमा पत्नी पासाङसहित सगरमाथा आरोहणमा निस्केको भए पनि सोनाम त्यो बेला बेसक्याम्प–२ पुगेर फर्किएका थिए । तर, उनकी छोरी फुटी शेर्पाका अनुसार आमा पासाङ भन्दा अगाडी नै सोनामले धौवलागिरी र थामसेर्फु हिमाल चढिसकेका थिए ।

मुख्यतया: भूकम्प पछि ६३ वर्षीय सोनाम सबै महादेशको सर्वोच्च शिखर चुम्ने उद्देश्यसहित अघि बढेका थिए। आफ्नो टोलीसँग मंगलबार दिउँसो सगरमाथाको क्याम्प ४ मा पुगेका उनीहरु हिजो साँझ ८ बजे त्यहाँबाट चुचुरोतर्फ प्रस्थान गरेका थिए । आज बिहान ७ बजेर ३४ मिनेटमा उनीहरुले सगरमाथाको सफल आरोहण सम्पन्न गरेका हुन् ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  १० : २१ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई