पासाङ ल्यामुका श्रीमान् सोनामद्वारा सगरमाथा आरोहण « Khabarhub

पासाङ ल्यामुका श्रीमान् सोनामद्वारा सगरमाथा आरोहण


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पहिलो नेपाली महिला सगरमाथा पर्वतारोही पासाङ ल्यामु शेर्पाका श्रीमान् सोनाम शेर्पाले सगरमाथाको चुचुरो छोएका छन् ।

यती समूहका अध्यक्ष समेत रहेका शेर्पाले आज बिहान ७ बजेर ३४ मिनेटमा सगरमाथाको चुचुरो टेकेका हुन् । यसँगै उनले सातै महादेशका सबै उच्च हिमशिखरको सफलतापूर्वक आरोहण गरेका छन् ।

२०५० सालमा पत्नी पासाङसहित सगरमाथा आरोहणमा निस्केको भए पनि सोनाम त्यो बेला बेसक्याम्प–२ पुगेर फर्किएका थिए । तर, उनकी छोरी फुटी शेर्पाका अनुसार आमा पासाङ भन्दा अगाडी नै सोनामले धौवलागिरी र थामसेर्फु हिमाल चढिसकेका थिए ।

मुख्यतया: भूकम्प पछि ६३ वर्षीय सोनाम सबै महादेशको सर्वोच्च शिखर चुम्ने उद्देश्यसहित अघि बढेका थिए। आफ्नो टोलीसँग मंगलबार दिउँसो सगरमाथाको क्याम्प ४ मा पुगेका उनीहरु हिजो साँझ ८ बजे त्यहाँबाट चुचुरोतर्फ प्रस्थान गरेका थिए । आज बिहान ७ बजेर ३४ मिनेटमा उनीहरुले सगरमाथाको सफल आरोहण सम्पन्न गरेका हुन् ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  १० : २१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै