डन ३ बाट बाहिरिए शाहरुख खान « Khabarhub

डन ३ बाट बाहिरिए शाहरुख खान


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.6k
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेता शाहरुख खान बिनाको फिल्म ‘डन’ कस्तो होला ? फिल्म ‘डन’ र ‘डन २’मा प्रमुख भूमिकामा अभिनय गरेका अभिनेता शाहरुख अब ‘डन ३’मा भने नदेखिने भएका छन्।

फिल्म ‘पठान’को सफलतामा रमाइरहेका शाहरुखले ‘डन ३’मा अभिनय नगर्ने भएपछि निर्देशक फरहान अख्तर र एक्सल इन्टरटेनमेन्टले शाहरुखको स्थानमा नयाँ कलाकार खोजिरहेको छ।

फरहान र एक्सनले शाहरुखको स्थानमा रणवीर सिंह वा ऋतिक रोशन कसलाई लिने भनेर छलफल गरिरहेका छन्। फिल्मबाट शाहरुख पछाडि हटेको समाचार सार्वजनिक भएपछि फिल्मका फ्यानले पनि ऋतिक अथवा रणवीर हुनुपर्ने माग गरेका छन्।

कतिपयले रणवीरले चाहिने भन्दा बढी अभिनय गर्ने आरोप लगाएपछि रणवीरभन्दा ऋतिक उपयुक्त रहेको सुझाव दिएका छन्। फिल्मकी अभिनेत्री प्रियंका चोपडाले ऋतिक र रणवीरसँग स्क्रिन शेयर गरिसकेकाले दुई अभिनेतामध्ये कोही एकलाई फरहान र एक्सलले लिने सोच बनाइसकेका छन्।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ११ : ४५ बजे

टोली लिएर देउवा भेट्न पुगे शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली  शेरबहादुर देउवालाई

नेपाली कांग्रेसद्वारा सबै सदस्यसमक्ष एकता र संयमको अपील

काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश अहिले गम्भीर

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल