रवि पक्राउको विरोधमा दिनभर तनावग्रस्त पोखरा (तस्बिरहरू) « Khabarhub

रवि पक्राउको विरोधमा दिनभर तनावग्रस्त पोखरा (तस्बिरहरू)


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ प्रकरणले पोखरा शहर दिनभर तनावग्रस्त रह्यो ।

सो पार्टीका कार्यकर्ताले लामिछाने पक्राउको विरोधमा दिनभर प्रदर्शन गरे । प्रशासनले एकसाथ पाँच जनाभन्दा बढी हिँड्न नपाउनेगरी पोखरा महानगरमा निषेधाज्ञा नै जारी गर्‍यो ।

तर, प्रदर्शनमा उत्रिएका रास्वपा स्वयंसेवक संघका कार्यकर्ता र नेपाल प्रहारीबीच झडप नै भयो । स्थिति नियन्त्रणमा लिन भन्दै प्रहरीले पानी र अश्रुग्यास प्रहार गर्‍यो ।

अश्रुग्यास र पानीको फोहरा लागेका धर्मराएका रास्वपा कार्यकर्तालाई कतै सहयोगीले भरथेग गर्दै थिए भने कतै उनीहरू सडकमै पल्टिएका थिए । प्रहरी पनि रास्वपा कार्यकर्ताको प्रदर्शन रोक्न प्रयासरत देखिन्थ्यो ।

कास्कीस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा रास्वपा सभापति लामिछाने गत शुक्रबार पक्राउ परेका थिए । कास्की जिल्ला अदालतको आदेशमा कास्की प्रहरीले उनीसहित १४ जनाविरुद्ध सहकारी ठगी प्रकरणमा पक्राउ पूर्जी जारी गरेको थियो ।

काठमाडौंको चमतीस्थित पार्टी कार्यालय परिसरबाटै नियन्त्रणमा लिएर पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरी टोलीले रातारात कास्की पोखरा पुर्‍याएको थियो । हिजो शनिबार परेकाले उनलाई प्रहरीले आज अदालतमा उपस्थित गराएर अनुसन्धान निम्ति ६ दिने म्याद लिएको छ ।

लामिछाने पक्राउ पर्नुअघि नै रास्वपाले कार्यकर्तालाई सरकारविरुद्ध प्रदर्शनमा उत्रन आह्वान गरेको थियो । उनी पक्राउ परेदेखि नै रास्वपा कार्यकर्ताले काठमाडौंसहित देशका विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन्‌ ।

तस्बिरहरूः

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ७ : ०२ बजे

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेश सरकारले यही असार १ गते सार्वजनिक गरेको

पर्वतमा आधुनिक बाल उद्यान निर्माण

पर्वत- बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले पर्वतमा

प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष

चितवन- चितवनमा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री कक्ष

मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण

काठमाडौं- पुरातत्व विभागले सांस्कृतिक एवं पुरातात्विक सम्पदाको गैरकानुनी रूपले हुने