विराटनगरमा व्यापारीमाथि खुकुरी प्रहार « Khabarhub

विराटनगरमा व्यापारीमाथि खुकुरी प्रहार


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगरमा एक जना व्यापारीमाथि खुकुरी प्रहार भएको छ । बिहीबार दिउँसो विराटनगर महानगरपालिका-१३ का ३२ वर्षीय व्यापारी राहुलकुमार रायमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । 

उनलाई विराटनगर-१२ बस्ने दीपेन्द्र कामतले खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । ट्राफिक चोक नजिकै खुकुरी प्रहार हुँदा रायको हातमा चोट लागेको प्रहरीले जनाएको छ । 

घाइते रायलाई उपचार गर्न विराट नर्सिङ होममा भर्ना गरिएको छ । राय जोगबनीमा किराना पसल सञ्चालन गर्छन् । खुकुरी प्रहार गर्ने कामतलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ५ : ५८ बजे

बजार अनुगमनलाई तीव्र पार्दै वाणिज्य विभाग

काठमाडौं– पछिल्ला दिनमा बजार अनुमगन, निरीक्षण र कारबाही प्रक्रियालाई तीव्र

एमाले महाधिवेशन : प्रतिनिधि छनौटमा पाँच बुँदे निर्देशन

​​​​​​​काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनौटको अन्तिम तयारी

साढे आठ वर्षमा पनि बनेन हुलाकी सडक

कञ्चनपुर– अढाइ वर्षमा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी सडक

मुख्यसचिव अर्याल आजदेखि अवकाशमा

काठमाडौं– मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा गएका छन् ।

स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको आरोपमा सातजनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका