पाकिस्तानमा अनुमानित दुई करोड २८ लाख बालबालिका विद्यालयको पहुँचबाहिर « Khabarhub

पाकिस्तानमा अनुमानित दुई करोड २८ लाख बालबालिका विद्यालयको पहुँचबाहिर


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा ५ देखि १६ वर्ष उमेर समूहका दुई करोड २८ लाख बालबालिकाको विद्यालयमा पहुँच नरहेको अनुमान गरिएको छ ।

पाकिस्तान विश्वमै सबैभन्दा बढी विद्यालयको पहुँचमा नरहेका बालबालिका भएको मुलुकमध्ये एक रहेको योजना विकास मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पाकिस्तानले विद्यालयको पहुँच बाहिर रहेका बालबालिकाको समस्या समाधान गर्न र विद्यालय जाने उमेरसमूहका बालबालिकालाई बढीभन्दा बढी भर्ना गर्न विशेष कार्यक्रम ल्याएको छ ।

पाकिस्तानले वर्षौंदेखि आफ्नो विद्यालय उमेरको जनसङ्ख्यालाई शिक्षामा पहुँच प्रदान गर्न उल्लेखनीय प्रगति गरेको छ, तर सुधारको गति अन्य विकासशील देशहरूको तुलनामा सुस्त रहेको छ, संघीय र प्रान्तीय सरकारहरूले यस मुद्दालाई सम्बोधन गर्न राष्ट्रिय कार्य योजना विकास गर्ने निर्णय गरेको छ ।

विद्यालय बाहिर रहेका बालबालिका कोही पनि नहोस् भनेर राजधानीमा ‘युनिभर्सल इनरोलमेन्ट पाइलट प्रोजेक्ट’ सुरु गरिने र देशभरका अन्य क्षेत्रमा पनि यस्तै नतिजा ल्याउन यो परियोजनालाई दोहो¥याउन सकिने मन्त्रालयले जनाएको छ ।

साथै, अति प्रभावित जिल्लाहरूमा शिक्षाको नतिजा सुधार गर्न प्रदेश सरकारहरूलाई कार्यसम्पादनमा आधारित नगद अनुदान प्रदान गर्न राष्ट्रिय विद्यालय बाहिरको बालबालिका कोषको स्थापना गरिनेछ । यसबाहेक, विद्यालयमा भर्ना भएर पनि विद्यालय नजाने दर कम गर्न, सरकारले एक व्यापक अनलाइन शैक्षिक प्रणाली सुरू गर्नेछ ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ७ : ५५ बजे

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२