आईपीएल : बैंगलोरसँग हैदरावाद ८ विकेटले पराजित « Khabarhub

आईपीएल : बैंगलोरसँग हैदरावाद ८ विकेटले पराजित


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराईजर्स हैदरावादलाई ८ विकेटले हराएको छ।

हैदराबादमा राति अबेर भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले ५ विकेटको क्षतिमा १ सय ८६ रन बनाएको थियो।

१ सय ८७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बैंगलोरले १९ ओभर २ बलमा २ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो।

बैंगलोरका लागि ओपनर विराट कोहलीले ६३ बलमा १२ चौका र ४ छक्कासहित १ सय रनको शतकीय इनिङ खेले। कप्तान डु प्लेसिस ४७ बलमा ७ चौका र २ छक्कासहित ७१ रनमा आउट भए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको हैदरावादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो।

हैदरावादका लागि हेनरिच क्लासेनले ५१ बलमा ८ चौका र ६ छक्कासहित १ सय ४ रनको उत्कृष्ट शतकीय इनिङ खेले पनि टोलीलाई जिताउन सकेनन्।

जितसँगै बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हारसहित १४ अंकका साथ चौथो स्थानमा छ। हारसँगै प्लेअफको दौडबाट बाहिरिसकेको हैदराबाद १३ खेलमा ४ जित र ७ हारका साथ पुछारमा रहेको छ।

आईपीएलमा आज पन्जाव किङ्स र राजस्थान रोयल्स खेल्दैछन्। यो खेल धरमपुरमा शुक्रबार राति पौने ८ बजे सुरु हुनेछ।

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ६ : ४७ बजे

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले २४ घण्टाको अवधिमा २

रुखबाट लडेर वृद्धको मृत्यु

बाजुरा– बाजुराको गौमुल गाउँपालिकाका सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट दुई जना घाइते

झापा – मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली– धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष