सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आजदेखि « Khabarhub

सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आजदेखि


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आजदेखि सुरु हुने भएको छ। संघीय संसदका दुवै सदनमा छुट्टाछुट्टै बैठक बसेर नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ।

बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभाको बैठकमा आज प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गर्ने भएका छन् । नीति कार्यक्रममाथि केही सांसदले संशोधन दर्तासमेत गराएका छन्।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार संसदमार्फत सार्वजनिक गरेको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने एमालेको प्रारम्भिक प्रतिक्रिया दिएको छ।

सत्तापक्षकै दलका सांसदले पनि नीति कार्यक्रमप्रति सन्तुष्टि जनाएका छैनन् । सांसदहरुले बोल्ने क्रम सकिएपछि सरकारले जवाफ दिनेछ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ६ : ५५ बजे

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौँ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय