नेपाली महिलाको योगदानका कारण परिवर्तन सम्भव : प्रधानमन्त्री | Khabarhub Khabarhub

नेपाली महिलाको योगदानका कारण परिवर्तन सम्भव : प्रधानमन्त्री


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली महिलाहरूले क्रान्तिकारी आन्दोलनमा अभूतपूर्व कीर्तिमानसहितको योगदान नगरेको भए देश परिवर्तनको यो उचाइमा पुग्न सम्भव नहुने बताएका छन् ।

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को केन्द्रीय समितिद्वारा पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आयोजित राष्ट्रिय परिषद्को प्रथम बैठक एवं विधान सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले जनयुद्ध र जनआन्दोलनमा महिलाको भूमिका प्रमुख रहेको बताए ।

प्रधानमन्त्री दाहालले नेपाली महिलाको उल्लेखनीय सहभागितामा भएको जनक्रान्तिको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनतालाई थप अधिकार सम्पन्न गराउन क्रान्तिकारी महिला एकताबद्ध हुनुपर्ने बताए ।

उनले देशमा ठूलो राजनीतिक परिवर्तनका वाहक नेपाली श्रमजीवी महिला रहेको बताउँदै माओवादी क्रान्तिकारीहरू एकताबद्ध भएर अघि बढ्न सक्दा फेरि २०६४ सालकै अवस्थामा पुग्न सक्ने स्पष्ट पारे । अहिले गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेकाले प्रतिगामीविरुद्ध परिवर्तनकामीहरू एकजुट हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीका जनवर्गीय सङ्गठनहरूलाई जनता केन्द्रित भएर परिचालन गर्न र सोहीअनुसार नीति तथा कार्यक्रम अगाडि सारिएको बताए । उनले अब कामकाजी संगठन बनाउने र सोहीअनुसारको पद विभाजनको प्रक्रियालाई आत्मसात् गरिने उल्लेख गरे ।

सङ्घका अध्यक्ष अमृता थापा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसाल, महासचिव देवप्रसाद गुरुङलगायतले महिला आन्दोलन र यसको प्रभावका बारेमा धारणा राखेका थिए ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ७ : १६ बजे

प्रि ओपन सेसन : करिब २ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

तोलामा ४ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला

‘सिडिओ’ पैदलै गाउँमा आएपछि…

सङ्खुवासभा– किमाथाङ्कास्थित भन्सार कार्यालयको नाममा रहेको जग्गाको नापजाँच र चारकिल्ला

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न मुक्तकमैया मल्चिङ

काभ्रेको बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ

काभ्रे– जेन–जी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटका क्रममा इलाका