रुकुमपश्चिमको विकट वडामा पुग्यो गाडी « Khabarhub

रुकुमपश्चिमको विकट वडामा पुग्यो गाडी


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुकुमपश्चिमको आठविसकोट नगरपालिका–१ मा पहिलोपटक गाडी पुगेको छ । जिल्लाकै विकट वडा सडक सञ्जालसँग जोडिएको हो । उक्त सडक निर्माणका लागि २०७८ सालमा हेलिकप्टरमार्फत डोजर ढुवानी गरिएको थियो ।

गाउँमा पहिलोपटक गाडी पुग्दा स्थानीयवासी खुसी भएका छन् । पहिलोपटक वडा नं १ मा पुगेका दुईवटा ट्र्याक्टर र डोजर पुगेपछि स्थानीयवासीले चालक र जनप्रतिनिधिलाई फूलमालाले स्वागत गरेका छन् भने नाचगान गरेर खुसियाली साटेका थिए ।

आठबिसकोट–१ का वडाअध्यक्ष देवबहादुर घर्तीका अनुसार चट्टानी क्षेत्र धेरै भएकाले दुई वर्षसम्म भिर फुटाउन नसक्दा वडा नं १ र २ का नागरिक सडक सञ्जालमा जोडिन सकेका थिएनन् । वडामा सवारी साधन पुगेसँगै आवतजावतमा सहज भएको छ ।

वडाध्यक्ष घर्तीले पालिकाको सबैभन्दा विकट भएको वडा सडक सञ्जालमा जोड्न सफल भएको बताए । यो क्षेत्रलाई सडक सञ्जालसँग जोड्न २०७८ सालमा सडक निर्माण सामग्रीसहितको डोजर हेलिकोप्टरमार्फत ढुवानी गरिएको थियो ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ८ : ३५ बजे

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल भदौ ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु