आइसीसी बरियतामा नेपाल १५ औं स्थानमा यथावत « Khabarhub

आइसीसी बरियतामा नेपाल १५ औं स्थानमा यथावत


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (अखाईसीसी) ले सार्वजनिक गरेको एकदिवसीय वरियतामा नेपाल यसअघिकै वरियतामा यथावत रहेको छ ।

सोमबार सार्वजनिक नयाँ वरियतामा नेपाल १५ औं स्थानमा यथावत रहँदा शीर्ष स्थानको भारत दोस्रो स्थानमा झरेको छ । आइतबार राति विश्वकप क्रिकेट समापन भएसँग आइैसीसीले नयाँ वरियता सार्वजनिक गरेको हो ।

जसमा शीर्ष स्थानमा विश्व विजेता इंग्ल्यान्ड दोस्रो स्थानमा भारत, तेस्रो स्थानमा विश्वकपको उपविजेता टोली न्युजिल्यान्ड, चौथो स्थानमा अस्ट्रेलिया रहँदा पाँचौं स्थानमा दक्षिण अफ्रिका रहेको छ । असार १२ गते सार्वजनिक भएको आईसीसी वरियतामा त्यसअघि १४ औं स्थानमा रहेको नेपाल एक स्थान तल झरेको थियो ।

तर, पछिल्लो समय अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेल्न नपाएको नेपाल अन्य देशको वरियता घटबढ हुँदा पछि परेको थियो । यस्तै, टि–२० वरियतामा भने नेपाल ११ औं स्थानमा यथावत रहेको छ ।

 

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ९ : ५४ बजे

‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीतमा विराज र सुपुष्पाको रोमान्स

काठमाडौं – चैत्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको नायक विराज

बदर मत घटाउन गाउँगाउँमा स्वयम्सेवक परिचालन

वालिङ– जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले बदर मतको सङ्ख्या घटाउन गाउँगाउँमा

लिचीबारी भ्रष्टाचार मुद्दामा रञ्जितालाई राहत, पाँच लाख धरौटीमा छोड्न आदेश

काठमाडौं- पोखरास्थित लिचीबारी बगानको जग्गा हडप्न बिचौलियासँग मिलेर घुस लेनदेनमा

व्यवसाय दर्ता प्रमाणपत्रबिना घरेलु मदिरा बिक्री गर्नेलाई कारबाही गरिने

राजविराज– स्थानीय प्रशासनले आसन निर्वाचनलाई लक्षित गरी व्यवसाय दर्ता प्रमाणपत्रबिना