गाउँपालिकाद्वारा किसानलाई याक वितरण « Khabarhub

गाउँपालिकाद्वारा किसानलाई याक वितरण


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पशुपालनको प्रवर्द्धनका लागि स्थानीय पशुपालक किसानलाई याकको बाच्छा वितरण गरेको छ ।

गत वर्ष समेत याकको बाच्छा वितरण गरेको गाउँपालिकाले यो वर्ष १२ जना किसानलाई याकको बाच्छा खरिद गरेर वितरण गरेको हो । पछिल्लो समय पशुपालन व्यवसाय घट्दै गएको पाइएकाले किसानलाई प्रोत्साहन गरी पशुपालन व्यवसायको संरक्षण र प्रवर्द्धनका लागि याकका बाच्छा वितरण गरिएको गाउँपालिका अध्यक्ष भक्त कार्कीले बताए। जनशक्तिको अभाव, आधुनिक जीवनशैली, चरन क्षेत्रको अभावलगायत कारण पछिल्लो पशुपालन व्यवसाय घट्दै गएको पाइन्छ ।

गाउँपालिकाले गत वर्ष ३२ वटा याकका बाच्छा किसानलाई बाँडेको थियो । गाउँपालिकाले यसरी बाच्छा खरिद गरेर दिन थालेपछि पशुपालक किसान उत्साहित बनेको गाउँपालिकाले जनाएको छ । यो वर्ष ८ लाख रुपैँयाको लागतमा १२ जना पशुपालक कृषकलाई याक वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष कार्की सहितको टोलीले विभिन्न क्षेत्रमा रहेका गोठमै पुगेर वितरण गरेको बताइएको छ ।

विशेष गरी गाउँपालिकाभित्र पर्ने पापुङका किसानले याक पालन गर्दै आएका छन् । गाउँपालिकाभर ४४ वटा याक गोठ रहेको गाउँपालिका अध्यक्ष कार्कीको भनाइ छ । कृषि कार्यक्रमअन्तर्गत गाउँपालिकाले पशुपालकलाई प्रोत्साहन गर्ने गरी याक वितरणको कार्यक्रम बनाएको उनले बताए। पशुपालन व्यवसायबाट राम्रो आमदानी लिन सकिने भएकाले किसानलाई आत्मनिर्भर बनाउने यो कार्यक्रमले सहयोग पुग्ने र निरन्तरता दिने अध्यक्ष कार्कीले बताए ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  १० : २४ बजे

शीतल निवासमा अड्किएका अध्यादेशबारे कानुनी परामर्श गर्दै राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी

अध्यादेशविरुद्ध विपक्षीको मोर्चाबन्दीले राष्ट्रपतिलाई सकस

काठमाडौं- सरकारले ६ वटा अध्यादेश राष्ट्रपतिकहाँ प्रमाणीकरण गर्न पठाएपछि विपक्षीहरुले

रोल्पाको थवाङमा जिप भिरमा खस्दा कम्तीमा १७ जनाको मृत्यु

काठमाडौं- रोल्पामा जिप दुर्घटना हुँदा कम्तीमा १७ जना यात्रुले ज्यान गुमाएका

‘लालीबजार’ एक्सप्लेनर : रोशनी बादीले फिल्म हेरेपछि…

काठमाडौं- बादी समुदायबारेका तीन सिर्जना (दुई किताब ‘ऐलानी’ र ‘नथिया’