अभिनेता आदित्यको मृत्युमा ‘लागूऔषधको कनेक्सन’ « Khabarhub

अभिनेता आदित्यको मृत्युमा ‘लागूऔषधको कनेक्सन’


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय अभिनेता, मोडल तथा कास्टिङ डिरेक्टर आदित्य सिंह राजपूत मृत भेटिएका छन्।

‘मैंने गान्धीको नहीँ मारा’ र ‘क्रान्तिवीर’ जस्ता फिल्मका अभिनेता आदित्य मुम्बईको अँधेरीस्थित घरको बाथरुममा मृत भेटिएका हुन्। यद्यपि उनको मृत्युको कारण के हो भन्ने हालसम्म खुल्न सकेको छैन।

आदित्यका साथी र भवनको सुरक्षागार्डले आदित्यलाई तुरुन्त अस्पताल पुर्‍याए पनि डाक्टरले उनलाई बचाउन सकेनन्। प्रहरीले आदित्यको निधनको कारण लागूऔषधको ओभरडोज हुनसक्ने अनुमान लगाएको छ। यद्यपि प्रहरी यो मामलामा अनुसन्धानमा जुटेको छ।

आदित्यको निधन पछि फिल्म जगतमा सन्नाटा छाएको छ। आदित्यले रियालिटी शो ‘स्प्लिटस्विला’मा पनि आफ्नो उपस्थिति जनाइसकेका छन्। उनले करिब ३ सय बढी विज्ञापनमा काम गरेका छन्।

आदित्यले १७ वर्षको उमेरमा मनोरञ्जन क्षेत्रमा करियर सुरु गरेका थिए। उनी केही समय यता एक प्रोडक्सन हाउसमा जोडिएका थिए र कास्टिङको काममा बढी ध्यान दिइरहेका थिए। उनी अधिकांश समय पेज थ्री इभेन्टमा देखिन्थे।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ७ : ४० बजे

टोली लिएर देउवा भेट्न पुगे शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली  शेरबहादुर देउवालाई

नेपाली कांग्रेसद्वारा सबै सदस्यसमक्ष एकता र संयमको अपील

काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश अहिले गम्भीर

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल