नीति, कार्यक्रम र बजेटका लागि सुझाव संकलन गर्दै स्थानीय तह « Khabarhub

नीति, कार्यक्रम र बजेटका लागि सुझाव संकलन गर्दै स्थानीय तह


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– नवलपरासी पूर्व नवलपुरका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०-८१ को नीति, कार्यक्रम र बजेटका लागि सुझाव संकलन थालेका छन् । स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आगामी असार १० गतेभित्र नगर तथा गाउँसभामा पेस गरिसक्नुपर्ने छ । 

यसैका लागि बजेट निर्माण अघि रायसुझाव संकलन थालिएको कावासोती नगरपालिकाका नगर प्रमुख विष्णुप्रसाद भुसालले बताए । बजेटलाई स्थानीय आवश्यकता र माग अनुसार प्रभावकारी बनाउन सुझाव माग गरिएको उनको भनाइ छ । यही जेठ २० गतेभित्र नगरपालिकामा रायसुझाव पेस गर्न पालिकाले सार्वजनिक सूचना जारी गरेको छ । 

जिल्लाका आठवटै पालिका यतिबेला नीति, कार्यक्रम र बजेटको पूर्व तयारीमा जुटेका छन् । उनीहरूले स्थानीयसित रायसुझाव माग गरेका छन् । पालिकाको प्राथमिकताका विषय पहिचानमा सहजता, जनताको चाहना र भावना बुझ्दै बजेटलाई यथार्थ फरक बनाउन रायसुझाव माग गरिएको मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले बताए । 

बौदिकाली गाउँपालिकाले प्राथमिकताका आधार तोकेर सम्बन्धित विषयमा रायसुझाव माग गरेको छ । कृषि उत्पादन वृद्धि गरी स्वरोजगार सिर्जना गर्ने, गुणस्तरीय शिक्षा कायम गर्ने, भौतिक पूर्वाधारलाई पहुँच र गुणस्तर कायम गर्ने गरी पालिको रायसुझाव माग गरेको ति तथा कार्यक्रम आवश्यक पर्ने हो सोही अनुसार सुझाव माग गरिएको गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताए । 

‘पालिकाले मुख्यगरी आर्थिक क्रियाकलापमा जनतालाई जोड्ने, शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि गर्ने जस्ता विषयलाई प्राथमिकता दिने लक्ष्य छ’, उनले भने, ‘यसैलाई आधार मानी आगामी आर्थिक वर्षको नीति ,कार्यक्रम र बजेटमा राय सुझाव माग गरेका छौँ ।’

आगामी आर्थिक वर्षको नीति ,कार्यक्रम र बजेटमा मुख्य गरि रोजगार सृजन गर्ने खालका विषयलाई यहाँका पालिकाले प्राथमिकता दिन लागिएको छ । आर्थिक क्रियाकलापमा नागरिकलाई जोड्दै विकास निर्माणका कामलाईसमेत अघि बढाउने विषय प्राथमिकतामा पर्ने विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए ।

कृषि, पर्यटन, लघु उद्यमको माध्यमबाट आर्थिक क्रियाकलाप वृद्धि गर्ने, पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि गर्ने खालका विषय प्राथमिकताका रुपमा रहेन अध्यक्ष गिरीले बताए ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ३ : ४९ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर