अछाममा चट्याङ लागेर चार जना घाइते, भैँसी पनि मर्यो « Khabarhub

अछाममा चट्याङ लागेर चार जना घाइते, भैँसी पनि मर्यो


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन् । अछामको कमलबजार नगरपालिका–१ मा गएराति हावाहुरी र वर्षासँगै परेको चट्याङ लागे ४ जना घाइते भएका हुन् ।

घाइते हुनेमा कमलबजार नगरपालिका–१ का १८ वर्षीया गीताकुमारी रावत बिष्ट, ३२ वर्षीय धिर्जा बजगाई, ३० वर्षीया सरस्वती बजगाई र ५० वर्षीया मोतिकला बजगाई रहेका छन् ।

घाइतेमध्ये गीताको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक भास्कर चन्दले बताए ।

अन्य घाइते तीन जनाको अछाम जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस्तै चट्याङ लागेर एक भैँसी पनि मरेको छ । केही घरमा पनि क्षति पुगेको बताइएको छ ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ५ : ४० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु