अछाममा चट्याङ लागेर चार जना घाइते, भैँसी पनि मर्यो « Khabarhub

अछाममा चट्याङ लागेर चार जना घाइते, भैँसी पनि मर्यो


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन् । अछामको कमलबजार नगरपालिका–१ मा गएराति हावाहुरी र वर्षासँगै परेको चट्याङ लागे ४ जना घाइते भएका हुन् ।

घाइते हुनेमा कमलबजार नगरपालिका–१ का १८ वर्षीया गीताकुमारी रावत बिष्ट, ३२ वर्षीय धिर्जा बजगाई, ३० वर्षीया सरस्वती बजगाई र ५० वर्षीया मोतिकला बजगाई रहेका छन् ।

घाइतेमध्ये गीताको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक भास्कर चन्दले बताए ।

अन्य घाइते तीन जनाको अछाम जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस्तै चट्याङ लागेर एक भैँसी पनि मरेको छ । केही घरमा पनि क्षति पुगेको बताइएको छ ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ५ : ४० बजे

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर