ढोरपाटनका बाढीपीडितले पाएनन् घर बनाउन राहत रकम | Khabarhub Khabarhub

ढोरपाटनका बाढीपीडितले पाएनन् घर बनाउन राहत रकम


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गलकोट– बाढीपहिराले घर बगाएको बागलुङको ढोरपाटन नगरपालिकाका ८२ पीडितले सरकारबाट घर बनाउन पाउनुपर्ने अनुदानको दोस्रो किस्ताको राहत रकम अझै पाउन सकेका छैनन् । विसं २०७७ भदौ १७ गते भुजीखोलामा आएको बाढीपहिरोका कारण पीडित बनेकाहरुले घर बनाउनका लागि प्राप्त गर्ने राहत रकम घर बनाइसक्दासमेत पाउन नसकेका हुन् ।  

घर निर्माणपश्चात् ८२ बाढीपीडितले चार लाखका दरले पाउनुपर्ने रकममध्ये ५० हजारका दरले मात्रै पाएका छन् । घर निर्माण गरिसकेका बाढीपीडितले पाउनुपर्ने दोस्रो किस्ता  सात महिनादेखि पाउन सकेका छैनन् । ढोरपाटन नगरपालिकाले उचित पहल नगर्दा बाढीपीडितले पहिलो किस्ता रकम पाएको सात महिना बित्दासमेत दोस्रो किस्ता पाउन सकेका छैनन् ।

ढोरपाटन नगरपालिकाबाट दोस्रो किस्ताका लागि आवश्यक मागदाबी नआएका कारण पीडितलाई राहत दिन नसकिएको बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिइन्  । ढोरपाटनमा बाढी जाँदा ठूलो जनधनको क्षति भएको थियो । ३७ जनाले ज्यान गुमाएका थिए भने १५ जना बेपत्ता छन् । दोस्रो किस्ताका लागि मापदण्ड अनुसारको घर निर्माण भएको प्रमाणसँगै नगरपालिकाको सिफारिस आवश्यक छ ।

 ढोरपाटन नगरपालिकाले दोस्रो किस्ताका लागि पीडितको प्रक्रिया नपुर्‍याउँदा सात महिनादेखि दोस्रो किस्ता रकम अड्किएको छ । नगरपालिकाले छिटो कानुनी प्रक्रिया पूरा गरेमा पीडितलाई रकम भुक्तानी गर्न समस्या नरहेको श्रेष्ठको भनाइ छ । 

विसं २०७७ मा बागलुङ मनसुनजन्य विपद् प्रभावित जिल्लाका रुपमा सूचीकृत भएकाले ढोरपाटनसहित बागलुङको जैमिनी नगरपालिका, बागलुङ नगरपालिका, निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकासहित ६ पालिकाका बाढी तथा पहिरो पीडितले घर बनाउनका लागि नेपाल सरकारले दिनुपर्ने राहत रकम अझै पूर्ण रुपमा पाउन सकेका छैनन्  । 

जिल्ला प्रशासन कार्यालयले विपद्का लागि कर्मचारी नै खटाएर राहतका लागि सबै पालिकालाई आह्वान गरे पनि सबैभन्दा बढी पीडितहरु रहेको ढोरपाटन नगरपालिकाले दोस्रो किस्ताको रकम सात महिना बित्दासमेत दाबी गर्न नसकेको जिल्ला प्रशासन कार्यालयका विपद् संयोजक तेजराज गौतमले बताए । दोस्रो किस्ताका लागि जैमिनी नगरपालिका र निसीखोलाबाट मात्रै माग दाबी भएको गौतमले बताए । 

“सबैभन्दा समस्या ग्रस्त क्षेत्र ढोरपाटन हो, बाढीपीडतले तीन वर्षपछि घर बनाए तर राहतका लागि दोस्रो किस्ता बापतको रु दुई लाख दिन सकिएको छैन, नेपाल सरकारले प्रमाणका आधारमा मात्रै भुक्तानी दिने हो पालिकाबाट घर बनेको प्रमाणसहित माग आउन पर्‍यो, हामीले निरन्तर पालिकालाई ताकेता गरिरहेका छौँ”, गौतमले भने ।

ढोरपाटनका बाढीपीडितले दोस्रो किस्ताका बापत पाउनुपर्ने दुई लाखका दरले एक करोड ६४ लाख रकम भुक्तानी गर्न नसकिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले २०७९ चैत २२ गते नगरपालिकामा पत्र पठाइसकेको छ । ढोरपाटन नगरपालिकाले बाढीपीडितले निर्माण गरेको घरको प्राविधिक मूल्यांकनका लागि प्राविधिक खटाउने तयारी गरेको छ । मूल्यांकन फाराम नपाउँदा विवरण संकलनमा ढिलाइ भएको ढोरपाटन नगरपालिकाले जनाएको छ । 

ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीका अनुसार बाढीपीडितले निर्माण गरेको घरको प्राविधिक मूल्यांकंनका लागि तत्कालै बाढी ग्रस्त क्षेत्रमा पठाइनेमूल्यांकनपश्चात् जेठ महिनाभित्रै दोस्रो किस्ताको रकम मागका लागि जिल्ला प्रशासन कार्यालयमा पठाउने तयारी रहेको बताए ।

बाढीपीडितहरुले सरकारले दिने अनुदानको आशले ऋण खोजेरै भए पनि घर निर्माण गरेका छन् । दोस्रो किस्ताबापत रु दुई लाख भुक्तानी गरेपछि पुनः घर सम्पन्नताको सिफारिस पछि तेस्रो किस्ता बापतको रु एक लाख ५० हजार भुक्तानी गरिने जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । बाढीका कारण ढोरपाटनमा घरसँगै विद्यालय, सडक, खानेपानी, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको थियो । 

जिल्लामा ढोरपाटन नगरपालिकाका ८२ बाढीपीडितसहित बागलुङ नगरपालिकामा २९ परिवार, बडिगाड गाउँपालिकामा २२, ताराखोला गाउँपालिकामा नौ, जैमिनी नगरपालिकमा ३५ र निसीखोला गाउँपाकिलामा ३६ गरी दुई सय १३ बाढीपीडितले घर निर्माणका लागि चार लाख पाउने जिल्ला प्रशासनको तथ्यांकमा उल्लेख छ । 

पालिकाले बाढीपीडितको घर बनाउन प्राविधिक सहयोग, जग्गा व्यवस्थापन र आवश्यक कानुनी प्रक्रिया पूरा नगराउँदा हालसम्म दुई सय १३ बाढीपीडितले दोस्रो किस्ता प्राप्त गर्न सकेका छैनन् । 

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ५ : ५१ बजे

बाहिरियो रवि हिरासतमा सुतेको तस्बिर, रास्वपा नेताले उठाए प्रश्न

काठमाडौं – प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

एकीकृत समाजवादीमा झलनाथलाई रोजेकै विभाग, विद्यार्थीको जिम्मा झाँक्रीलाई

काठमाडाैं – नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको जिम्मेवारी तोकेको छ

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

भक्तपुर – यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात्

आपराधिक घटनामा वृद्धि : दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ

काठमाडौं – नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन