छ जना मृत अवस्थामा फेला « Khabarhub

छ जना मृत अवस्थामा फेला


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका विभिन्न स्थानमा छ जना मृत अवस्थामा फेला परेका छन् ।

काभ्रेको सल्ले भुम्लु गाउँपालिका-१० बरकोटस्थित सुनकोशी नदीको किनारमा सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका ६ बस्ने ७५ वर्षीया इन्द्र कुमारी थापा मगर मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यसैगरी, बर्दियाकाे राजापुर नगरपालिका-१ टिउनीस्थित भदाली नालामा हाल नाम, थर, वतन नखुलेका ४० वर्षीय पुरुष र सोही नगरपालिका-१ मुर्गहवा घाटस्थित कर्णाली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै, बागलुङकाे बागलुङ नगरपालिका-१३ कालाखोलास्थित कालीगण्डकी नदीको किनारमा पर्वत जलजला गाउँपालिका घर भएकी ३६ वर्षीया पार्वती परियार मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यसैगरी, कुमायक गाउँपालिका-४ तिङदेन  बस्ने ५२ वर्षीय लेखनाथ खनाल आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै, बाँकेकाे बैजनाथ गाउँपालिका-८ पिपरी बस्ने ६८ वर्षीय शिव बहादुर खत्री सोही ठाउँस्थित जेठीनाला पुलको मुनी किनारामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ६ : ०१ बजे

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको