नेपाल काभा महिला भलिबल च्यालेन्जको सेमिफाइनलमा प्रवेश « Khabarhub

नेपाल काभा महिला भलिबल च्यालेन्जको सेमिफाइनलमा प्रवेश


९ जेष्ठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशलाई ३-० सेटले पराजित गर्दै नेपाल एनएससी– काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । 

नेपाल भलिबल संघको आयोजनामा पहिलो पटक आयोजना भएको च्यालेन्ज कपमा समूह ए मा रहेको नेपालले आफ्नो दोश्रो खेलमा बंगलादेशमाथी २५–१०, २५–८, २५–९ ले पराजित गर्दै एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो । पहिलो खेलमा किर्गिस्तानलाई हराएर ३ अंक बटुलेको नेपालले बंगलादेशमाथीको जित संगै ६ अंक बनाएको हो ।

यसै समूहबाट भारतले किर्गिस्तानमाथी ३–० को सहज जित निकाल्दै सेमिफाईनल यात्रा तय गरेको हो । भारतले किर्गिस्तानलाई २७–१७, २५–८, २५–८ को जित निकालेको हो ।

समूह बिजेता र उपबिजेताको छिनोफाने भोली बुधबार हुने नेपाल र भारत बिचको खेलले निर्धारण गर्नेछ । किर्गिस्तान र बंगलादेशले अब बरियताका लागि प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै मंगलबार नै  भएको समूह बी को खेलमा काजाकिस्तानले श्रीलंकामाथी निकैनै प्रतिस्पर्धात्मक खेलमा ३–१ सेटको जित निकाल्न सफल भयो । पहिलो र दोश्रो सेट २५–१६, २८–२६ ले आफ्नो  पक्षमा पारेको काजाकिस्तानले तेश्रो सेट १८–२५ले श्रीलंकालाई सुम्पियो । 

यस्तै चौथो सेटमा निकैनै प्रतिस्पर्धात्मक रुपमा २९–२७ ले काजाकिस्तानले जित्दै जित आत्मसाथ ग¥यो । यस जितका साथै काजाकिस्तानको ६ अंक भएको छ । पहिलो खेलमा काजाकिस्तानले मालदिभ्सलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ७ : ०१ बजे

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा