पोखरामा १० हजार किलो पोखरेली जेठोबुढोको बीउ वितरण « Khabarhub

पोखरामा १० हजार किलो पोखरेली जेठोबुढोको बीउ वितरण


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा महानगरपालिकाले १० हजार किलो पोखरेली जेठोबुढो धानको बीउ कृषकलाई वितरण गरेको छ । विभिन्न कृषक समूहबाट खरिद गरी ५० प्रतिशत अनुदानमा १० हजार किलो पोखरेली जेठोबुढो धानको बीउ वितरण गरिएको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले जानकारी दिए ।

महाशाखाले समूहबाट प्रतिकिलो दुई सयमा खरिद गरी ५० प्रतिशत अनुदान दिएर रु एक सयमा कृषकलाई उपलब्ध गराएको उनले बताए । कृषक समूहबाट उत्पादित बीउ गण्डकी प्रदेश बीउविजन प्रयोगशालाले परीक्षण गरी प्रमाणीकरण गरेको छ ।

पोखराको रैथाने धान जेठोबुढो यहाँको मौलिक कृषि उपज मानिन्छ । फेवातालको सिरान पामे सबैभन्दा बढी जेठोबुढो झुल्ने फाँट हो । अर्मला, आर्वा, कुँडहरका साथै लेखनाथका गगनगौँडा, बेलबुटे, मालमूल, पटनेरीलगायत विभिन्न फाँटमा यो धान पर्याप्त फल्छ । मगमग बास्नाका साथै स्वादिलो जेठोबुढोको माग पछिल्लो समयमा  पोखरासहित देशका प्रमुख सहरमा हुने गरेको छ । जेठोबुढोका डल्लो, लामो, ढल्ने, गाँज ठूलो हुनेजस्ता विभिन्न प्रजाति छन् ।

न धेरै गर्मी र न धेरै जाडो हुने लेखनाथका खास्टे, दिपाङ, रुपालगायत तालको किनारामा पनि जेठोबुढो धान लगाउने गरिएको छ । भरतपोखरीको सुरौदी, कुर्लिङ, चवादीलगायत ठाउँका कृषक पनि विस्तारै यसतर्फ आकर्षित हुन थालेका छन् । जेठोबुढोका लागि पर्याप्त सिँचाइ आवश्यक पर्छ । सिँचाइ अभावका कारण कृषकले चाहेर पनि धेरै ठाउँमा उक्त धान फलाउन सकेका छैनन् ।

विजयपुर खोला, सेती नहर र बेगनास तालबाट सिँचाइ हुँदै आएको कास्कीको खेतीयोग्य जमिन ६८ हजार नौ सय ६७ हेक्टर छ । स्वादिलो र उचित मूल्य पाउने भएकाले कृषक जेठोबुढो धानतर्फ आकर्षित बनेको कृषकहरू बताउँछन् ।

पोखरेली जेठोबुढोको बीउको माग गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, पर्वत, म्याग्दीलगायत जिल्लामा पनि हुने गरेको छ । सुधारिएको पोखरेली जेठोबुढोको बीउ कृषकका लागि विसं २०६७ मा सिफारिस गरिएको थियो । यसको २०६८ देखि उत्पादन सुरु भएको थियो । यसको उत्पादन क्षमता प्रतिहेक्टर तीनदेखि ३ दशमलव ५ मेट्रिकटन रहेको छ ।

 पोखराको वडा नं २३ स्थित ठूला खेत कृषक समूह, वडा नं १६ स्थित हिमालय कृषि फर्म, वडा नं १३ स्थित नमूना प्राङ्गारिक कृषि सहकारी, वडा नं २६ स्थित ढले पिपल कृषक समूह, दीपशिखा महिला सहकारी, पोखरा २२ स्थित सफल महिला कृषक समूह, पोखरा ३० स्थित लक्ष्मी सीप सेन्टरलगायत कृषक समूह पोखरेली जेठोबुढोको बीउ उत्पादनमा केन्द्रित बनेको महाशाखा प्रमुख कडरियाले जानकारी दिए । 

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ७ : ०७ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको