गणतन्त्र दिवस भव्यरुपमा मनाउन मुख्यमन्त्री जम्कट्टेलको आग्रह « Khabarhub

गणतन्त्र दिवस भव्यरुपमा मनाउन मुख्यमन्त्री जम्कट्टेलको आग्रह


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्कट्टेलले गणतन्त्र दिवस भव्यरुपमा मनाउन आग्रह गरेका छन् ।

गणतन्त्र दिवश २०८० मनाउने सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज आयोजना बागमती प्रदेशस्तरीय मूल समारोह समितिको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले गणतन्त्रबारे भ्रम पैदा भइरहेकाले पनि यो दिवस भव्यरुपमा मनाउन प्रदेशका सचिवहरुलाई निर्देशन दिए ।

गणतन्त्र खतरामा परेको भन्दै उनले विभिन्न कार्यक्रम गरेर जनतालाई यसको महत्त्व बुझाउन जोड दिए । गणतन्त्रलाई चुनौती दिनेविरुद्ध प्रभावकारी कार्यक्रम गर्नु जरुरी रहेको बताउँदै उनले भव्य र सव्य कार्यक्रमको तयारी थाल्न निर्देशन दिए ।

बैठकले गणतन्त्र दिवस २०८० मा सरसफाइका कार्यक्रम, राष्ट्रिय झण्डा फराउने कार्यक्रम, रक्तदान, वृक्षरोपण, प्रभातफेरीलगायतका कार्यक्रम गर्नेबारे छलफल भएको थियो । बैठकमा विभिन्न मन्त्रालयका मन्त्री सचिव, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ८ : ५४ बजे

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको