नेपाल अमेरिका चलचित्र महोत्सवमा नेपालका ४ फिल्म प्रदर्शन हुने | Khabarhub Khabarhub

नेपाल अमेरिका चलचित्र महोत्सवमा नेपालका ४ फिल्म प्रदर्शन हुने


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने फिल्महरूको सूची सार्वजनिक भएको छ । नेपालका सुजित बिडारीद्वारा निर्देशित ‘ऐना झ्यालको पुतली’, पाकिस्तानका साइम सदिकद्वारा निर्देशित ‘जोइल्याण्ड’, नेपालकै अविनाशविक्रम शाहद्वारा निर्देशित लघु फिल्म ‘लोरी’ र दीपक रौनियारद्वारा निर्देशित ‘फोर नाइट्स’ लगायतका फिल्म महोत्सवमा प्रदर्शन हुनेछन् ।

जुन २२ देखि २५ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इजिप्ट, भारत, पाकिस्तानलगायत ११  देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३७ फिल्महरू प्रदर्शन हुनेछन् । वासिङ्टन डिसी महानगर क्षेत्र स्थापित महोत्सवको उद्घाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा हुने र  फिल्महरू चाहिँ एएफआई तथा ओल्ड ग्रिनवेल्ट थिएटरमा समेत प्रदर्शन हुने जनाइएको छ ।

आयोजक नेपाल-अमेरिका फिल्म सोसाइटीका अनुसार जुन २२ मा नेपालको तर्फबाट अस्कर अवार्डका लागि छनोट भएको, बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’को प्रदर्शनबाट महोत्सवको उद्घाटन हुनेछ । त्यस्तै अमेरिकी निर्देशक न्यन्सी स्भेंन्डसेनको निर्देशनमा बनेको ‘पासाङः इन द स्याडो अफ एभरेष्ट’को प्रदर्शनसँगै जुन २५ मा महोत्सव समापन तथा पुरस्कार वितरण हुनेछ ।

स्थापना कालदेखि सहकार्य ग्लोबल पिस फिल्म फेस्टिवल फ्लोरिडासँगको सहकार्यमा यो वर्ष दुई फिल्म प्रदर्शन हुने र निर्देशक सुबर्ण थापाको उपस्थितिमा ’द सेक्रेट अफ राधा’ को  विशेष प्रदर्शन हुने समेत आयोजकले जनाएको छ ।

प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट फिल्महरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ । यस वर्षका निर्णायक मण्डलको नाम केही दिनमा सार्वजनिक गरिने जनाइएको छ । महोत्सव अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ’प्यानल’ छलफल हुनेछ । म्यारिल्याण्ड राज्यको ‘पाक्र्स तथा योजना आयोग’ को सहयोगमा उक्त छलफल हुने जनाइएको छ ।

‘कोरोना महामारीपछि यो वर्षका सबै प्रदर्शनहरू भौतिक रुपमा नै आयोजना गर्न लागिएकोले उत्साहित भएका छौं,’ महोत्सवका निर्देशक युवाकर राजकर्णिकारले भने । महोत्सवका लागि आवेदन परेका फिल्महरूलाई फिल्म सोसाइटीको चलचित्र छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको थियो ।

 म्यारिल्याण्ड राज्यमा स्थापित नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष निरन्तर महोत्सव आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  १२ : २२ बजे

सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

तानसेन– राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणधीन सिद्धबाबा सुरुङमार्गको काम

तनहुँ प्रशासनले भोलिदेखि नागरिकतासम्बन्धी सेवा दिने

दमौली–  ‘जेन-जी’ प्रदर्शनपश्चात् अवरुद्ध बनेको नागरिकतासम्बन्धी काम बिहीबारदेखि सुरु हुने

‘निकै जतन गरी चलाएका सवारीसाधन खरानी भए’

काठमाडौं– आज विश्वकर्मा पूजा, सवारी चालकका लागि विशेष पूर्वक रूपमा

बहिर्गमन हुने समयमा मनसुन पुनः सक्रिय

काठमाडौं– औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय

कर्णाली राजमार्ग सञ्चालन

मान्म – जिल्लाको शुभकालिका-१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको