गल्याङ-बज्रे सडक कालोपत्रे हुँदै « Khabarhub

गल्याङ-बज्रे सडक कालोपत्रे हुँदै


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गल्याङ– साँघुरो बाटोमा धुलोमैलो र हिलोका कारण आवागमनमा सास्ती भोग्दै आएका यहाँका स्थानीय पक्की बाटो बन्ने भएपछि खुसी भएका छन् । स्याङ्जाको गल्याङ बजारदेखि गल्याङ नगरपालिका-११, ८, ९, र १० जाने प्रमुख नाका गल्याङ-बज्रे सडक कालोपत्रे हुन थालेपछि यहाँका स्थानीय खुसी भएका हुन् ।

गल्याङ नगरपालिकाकोे रू दुई करोड एक लाख ९२ हजार पाँच सय २३ र संघीय सरकारको दुई करोड गरी कुल चार करोड एक लाख ९२ हजार पाँच सय २३ मा गल्याङ–बज्रे सडक कालोपत्रे हुन लागेको नगरपालिकाका प्राविधिक शाखा प्रमुख कृष्ण पौडेलले जानकारी दिए। वालिङस्थित निर्माण कम्पनी विवेक एण्ड कुवेर विल्डर्स प्रालिले कालोपत्रका नगरपालिकासँग ठेक्का सम्झौता गरी काम अगाडि बढाएको उनले बताए ।

 पौडेलका अनुसार सोही बजेटभित्र दुई हजार पाँच सय मिटर सडक कालोपत्रे, वाल उठाउने, नाली काट्ने, नाली बनाउने, होमपाईप राख्ने, कल्भर्ट बनाउनेलगायत काम गरिनेछ । नगरप्रमुख गुरुप्रसाद भट्टराईले यस आयोजनाबाट करिब आठ हजार नागरिक प्रत्यक्ष लाभान्वित हुने बताए । 

बाटोको असुविधाले गर्दा किसानले उत्पादन गरेका दूध, खसिबोका, गाईभैँसी, राँगा, कुखुरा, अन्नबाली, तरकारी निर्यातमा समस्या हुँदै आएकामा कालोपत्रपछि उत्पादित सामान निर्यातमा समस्या नहुने उनको भनाइ थियो । उनले सडक सुविधा सहज भए समान ढुवानी गर्न सजिलो हुने र ढुवानी लागत पनि घट्ने बताए। 

निर्माण कम्पनीका सञ्चालक कुवेर तिवारीले गत कात्तिकदेखि सुरु भएको काम वर्षाले दुःख नदिए असार मसान्तसम्म सक्ने लक्ष्य रहेको जानकारी दिए । 

स्थानीय ओमबहादुर थापाले कच्चि बाटोका कारण वर्षौँदेखि समस्या भोग्दै आएको बताए । उनले कालोपत्रेको काम सकिएपछि सामान ढुवानी गर्न र यात्रा गर्न सुविधा हुने भन्दै निर्माण कम्पनीले तीव्र गतिमा काम गरिरहेको बताए ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ३ : ४५ बजे

फ्रान्स विश्वकपको अघिल्लो चरणमा : ३–० ले पराजित इराक बाहिरियो

काठमाडौँ – साढे दुई घण्टासम्म अवरुद्ध भएको खेलमा इराकलाई ३–०

इराकविरुद्ध एमबाप्पेले गरे दुई गोल

काठमाडौँ – विश्वकप अन्तर्गत अहिले फ्रान्स र इराकको खेल जारी

मेसीले रचे इतिहास: १८ गोलसहित बने विश्वकपकै उच्च गोलकर्ता

काठमाडौँ – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपको इतिहासमा सर्वकालीन

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार ९ गते मंगलबार सन् २०२६