रुपन्देहीमा नक्कली मदिरा बनाएर बिक्री गर्ने पक्राउ « Khabarhub

रुपन्देहीमा नक्कली मदिरा बनाएर बिक्री गर्ने पक्राउ


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राजश्व छलेर नक्कली स्टिकर तथा नक्कली मदिरा बनाई बिक्रीवितरण गर्नेलाई रुपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ ।

रुपन्देही सिद्धार्थनगर नगरपालिका–९ बस्ने २८ वर्षीय नवीन पन्थी र सोही ठाउँका ३१ वर्षीय मुक्तार पठानलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा नक्कली स्टिकर तथा नक्कली रक्सी बनाई बिक्री गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

अम्बिका ट्रेडर्स सञ्चालक पन्थी र पठानलाई राजश्व छली नक्कली स्टिकर तथा नक्कली मदिरा बनाई बिक्री वितरण गरेको भन्ने गोप्य सूचना आधारमा पक्राउ गरिएको हो ।

प्रवक्ता अर्यालका अनुसार उनीहरूले स्थानीय फिरोज खानको घरमा कोठा भाडामा लिइराखेको अवस्थामा आन्तरिक राजश्व विभाग लेखेको स्टिकर ५९३ वटा, सिग्नेचरको खाली बोतल ४८ वटा, ओल्ड दरबार लेखेको खाली बोतल १६ वटा, गोल्डेन ओक लेखेको खाली बोतल नौ वटा, सिग्नेचर १८० एमएलको १२ बोतल बरामद गरिएको छ ।

यस्तै सिग्नेचर ३७५ एमएलको दुई बोतल, गोल्डेन ओक १८० एमएलको चार बोतल, ओल्ड दरबार रेगुलर १८० एमएलको तीन बोतल, ओल्ड दरबार रेगुलर ३७५ एमएलको एक बोतल, १८० एमएलको एटएटफोरएट ४१ बोतल, जारको भाँडामा रहेको रक्सी जस्तो तरल पदार्थ एक लिटर बरामद गरिएको छ । बरामद खरिएको समान तथा व्यक्तिहरूलाई आवश्यक कारवाहीका लागी आन्तरिक राजश्व कार्यालय भैरहवा रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ८ : २४ बजे

पछिल्ला २४ घन्टामा कहाँ कति पर्‍यो पानी ?

काठमाडौं – तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना

चौतारीमा हेमन्त कान्छासँग छमछम नाच्दै रचना रिमाल

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्तकान्छा रसाइलीले लोक लयमा आधारित

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी