देश विकासमा संस्कृतिकर्मीको भूमिका महत्वपूर्ण : मन्त्री गुरुङ « Khabarhub

देश विकासमा संस्कृतिकर्मीको भूमिका महत्वपूर्ण : मन्त्री गुरुङ


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले देश विकासमा संस्कृतिकर्मीको अहम् भूमिका रहने बताएका छन् । नेपाल सांस्कृतिक महासङ्घको स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित ‘राष्ट्रिय प्रशिक्षण भेला तथा चित्रकला कार्यशाला २०८०’ को उद्घाटन गर्दै उनले संस्कृतिकर्मीको भूमिकालाई सम्मान गर्नुपर्ने बताए ।

नेपालको राजनीति विकृत र विसङ्गत तरिकाले अगाडि बढिरहेकाले शुद्धीकरण गर्नु जरुरी रहेको उनको भनाइ छ । “मैले हिजो कलम लिएर संविधान लेखे । आज मेरो हातमा कुचो छ । भ्रष्ट फोहर जहाँ भए पनि बाँकी राख्दिन । बढार्ने काम सुरू भइसकेको छ ।”, मन्त्री गुरुङले भने, “नातावाद, कृपावाद वा को पर्छ वा पर्दैन भन्ने, मुद्दा हाल्ने कि नहाल्ने सम्बन्धमा कुनै दुविधा छैन । यो प्रक्रियागतरुपमा अगाडि बढ्छ ।” उनले सांस्कृतिक महासङ्घलाई आफ्नो गतिविधिमार्फत आम नागरिक सुसूचित गर्न सुझाव दिए ।

“भ्रष्टाचार गर्नेको कुनै राजनीति वा जात, धर्म हुँदैन । हामी सबै काण्डको छानविन निष्पक्षरुपमा गर्छौँ । हाम्रो अगाडि आउने कुनै तगारोले हामीलाई रोक्न सक्दैन्, यस अभियानमा महासङ्घको सहयोग आवश्यक छ ।”, मन्त्री गुरुङले भने । महासङ्घका अध्यक्ष तीर्थ थापाले संस्कृतिकर्मीको आवाजलाई बेवास्ता गर्न नहुने बताए ।

“हाम्रो आवाज र उपस्थिति दुवै अगाडि पुग्न सकेका छैनन् । उचित स्थानमा हामीले सहभागिता पाउनेछौँ भन्ने विश्वास छ”, अध्यक्ष थापाले भने, “यो कार्यक्रमको उद्देश्य नै पालिकास्तरसम्मै संस्कृतिका माध्यमले जागरण ल्याउनु हो ।” कार्यक्रममा देशभरबाट संस्कृतिकर्मीको सहभागिता रहेको महामन्त्री शिवशङ्कर रिजालले जानकारी दिए ।

उनले  भेलालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, प्रमोदहरी गुरागाईं लगायतले प्रशिक्षण दिने  जानकारी दिए । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक महासङ्घको स्थापना १८ वर्ष अगाडि विसं २०६२ मा आजकै दिन भएको थियो । कार्यक्रमको उद्घाटनसत्रमा महासङ्घलाई आजको दिनसम्म ल्याउन योगदान दिने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ९ : २० बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको