अनुष्काले खुलाइन्, किन यति छिटो विराट कोहलीसँग बिहे गरेकी थिइन् | Khabarhub Khabarhub

अनुष्काले खुलाइन्, किन यति छिटो विराट कोहलीसँग बिहे गरेकी थिइन्


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अचानक बिहे गरेको खबरले धेरैलाई चकित बनायो । हुन त उनीहरु बिहे गर्दैछन् भन्ने खबर एक हप्ता पहिले नै आइरहेको थियो । तर, चर्चा चलेको कम समयमा नै यी दुईले बिहे गरेका थिए ।

अनुष्काका लागि त झन् कलाकार भएका कारणले बिहे गर्ने उमेर अझ कम थियो ।

आखिर किन अनुष्काले विराट कोहलीसँग बिहे गर्ने भनिन् त? यो सवालमा अनुष्काले हालै एक खुलासा गरेकी छिन् ।

भारतीय म्यागजिन फिल्मफेयरमा अन्तर्वार्ता दिँदै उनले भनिन्, ‘हाम्रा दर्शक हामीसँग यति जोडिनुभएको हुन्छ, त्यति त उद्योग पनि जोडिएको हुँदैन, अडियन्सले कलाकारलाई स्किृनमा देख्न चाहनुहुन्छ, उहाँले वास्तविक जीवनमा खासै महत्त्व राख्नुहुन्न ।’

उनले अगाडि भनिन्, ‘दर्शकलाई फरक पर्दैन कि, तपाईंको बिहे भयो या तपाईं आमा बन्नुभयो, हामी यो पूर्वाग्रहबाट बाहिर निस्कनु जरुरी छ, मैले २९ वर्षको उमेरमा बिहे गरेँ, जुन नायिका भएका हिसाबले कम हो, मैले यसो गरेँ, किनकि म मायामा फसेकी थिएँ ।’

उनले बिहेले सम्बन्धलाई अगाडि लैजाने पनि धारणा राखिन् । ‘यदि एक व्यक्ति आफ्नो बिहे गर्ने र त्यसपछि काम गर्न डराउँदैन भने महिलाको मामलामा पनि यस्तै हुनुपर्छ, अरु कलाकारले पनि यही गरिरहेका छन्,’ अनुष्काले भनिन् ।

अनुष्का र विराट कोहलीले गतवर्ष बिहे गरेका थिए । यी दुईले सुखी जीवन बिताइरहेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  १ : १९ बजे

गाई तिहार र लक्ष्मी पूजा किन मनाइन्छ ?

काठमाडौं – नेपालको महत्त्वपूर्ण र उज्यालो पर्व तिहारको तेस्रो दिन

जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ?

काठमाडौं – पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो

मेची भन्सारः तीन महिनामा चार अर्ब १५ करोड राजस्व सङ्कलन

झापा – मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ को प्रथम

रूसका लागि लडिरहेका माओवादी पूर्वलडाकु बने सेक्सन कमान्डर

काठमाडौं – म्याग्दीका पूर्वमाओवादी लडाकु डाइमण्ड सी रूसी सेनाको सेक्सन

चीन जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं – चीन जाने नेपालको तेक्वान्दो टोलीको बिदाइ भएको छ।