विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

आज जेठ ११, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे २५, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

सिड्नीको भवनमा भीषण आगलागी

अस्ट्रेलियाको सिड्नी सहरमा एउटा भवनमा बिहीबार भीषण आगलागी भएको छ ।

‘आगो लागेको केही क्षणमै उक्त भवन खरानीमा परिणत भयो। भित्ताका ठूला टुक्रा र इँटाहरू भुईँमा खस्न थालेपछि मानिसहरू चिच्याउन थाले’, फायर एण्ड रेस्क्यू एनएसडब्ल्यू (न्यू साउथ वेल्स)ले उल्लेख गरेको छ ।

करिब १०० वटा दमकलको सहायताले आगो निभाइएको थियो । उक्त भवनमा लागेको आगो निभाउन र नजिकैको आवासीय भवनहरुमा फैलिनबाट रोक्न अग्नि नियन्त्रकहरूले भर्‍याङ ट्रक र ड्रोनहरू प्रयोग गरेका थिए ।

उक्त सम्पदा सूचीमा सूचीकृत भवनमा के कारणले ठूलो आगलागी भयो भन्नेबारे अनुसन्धान जारी छ ।

ईसीबी प्रमुखद्वारा मुद्रास्फीति कम गर्ने प्रतिबद्धता

युरोपेली केन्द्रीय बैंक (ईसीबी) का अध्यक्षले युरो क्षेत्रमा बढ्दो मुद्रास्फीतिलाई दुई प्रतिशतको लक्ष्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

ईसीबीको २५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा बुधबार फ्रयाङ्कफर्टमा आयोजित एक कार्यक्रममा क्रिस्टिन लेगार्डले भनिन्, ‘यो बैङ्कका लागि ‘तात्कालिक प्रमुख प्राथमिकता’ हो ।’

आफ्नो भाषणमा लेगार्डले युरोको प्रशंसा गर्दै यसलाई युरोपको ‘एकीकरणको इन्जिन’ को रूपमा वर्णन गरेकी थिइन् ।

सन् १९८० को दशकको उत्तरार्धबाट आएको परिवर्तनको ‘तार्किक जवाफ’ एकल मुद्रा भएको बताउँदै उनले युरो क्षेत्र ११ बाट २० सदस्यसम्म विस्तार गरिएको बताए । ‘युरोले युरोपेलीहरूलाई स्थिरता, सार्वभौमिकता र ऐक्यबद्धता प्रदान गरेको छ ।’

ईयूमा कर्जा सङ्कट आउँदा र ब्रेक्जिटको समयमा एकल मुद्राको परीक्षण गरिएको भए तापनि लेगार्डले भनिन् मानिसहरू अब संस्थाहरूलाई नीतिहरूबाट अलग गर्न सक्षम भएका छन् ।

‘उनीहरूले ईसीबीको नीति मन पराउन वा नपराउन सक्छन्, तर उनीहरू प्रायः यूरो क्षेत्रको भाग हुनु सही छनौट हो कि होइन भनेर प्रश्न गर्दैनन्,’ उनले भनिन् ।

कोलम्बियामा ६० लाख व्यक्ति प्राकृतिक ग्यासबाट बञ्चित 

दक्षिणपश्चिम कोलम्बियामा बुधबारसम्म ६० लाख मानिस प्राकृतिक ग्यासको पहुँचबाट बञ्चित भएका छन्।

मध्याह्नदेखि नै काका र भाले डेल काउकाको पश्चिमी क्षेत्रमा “प्राकृतिक ग्यास सेवामा पूर्ण प्रतिबन्ध’ लगाइएको ‘युटिलिटी ग्यासेस डे ओक्सिडेन्ट’ले जनाएको छ।

खानी मन्त्रालयका अनुसार यो सङ्कटले देशको मध्य र दक्षिणपश्चिममा रहेका अन्य पाँच क्षेत्रलाईलाई पनि प्रभावित गरेको छ।

पाइपलाइन कम्पनी ‘ट्रान्सपोर्टाडोरा डे ग्याँस इन्टरनेसनल’का अनुसार, ज्वालामुखी नजिकैको क्षेत्रमा लागेको ‘भूमिगत आगलागी’ का कारण ग्यास पाइपलाइनहरू बन्द गर्नुपरेको र सेवालाई पुनः सञ्चालनमा ल्याउन कम्तीमा एक हप्ता लाग्न सक्नेछ।

कोलम्बियाका पाँच करोड जनसङ्ख्यामध्ये दुई तिहाइ खाना पकाउने र अन्य प्रयोगका लागि इन्धनमा निर्भर छन् ।

कोलम्बियाको तेस्रो ठूलो शहर कालीका मेयर जर्ज इभान ओस्पिनाले यसबाट १३ लाखभन्दा बढी प्रयोगकर्ता प्रभावित भएको बताए ।

सामाजिक सञ्जालमा शेयर गरिएका तस्वीरहरूका अनुसार केही बासिन्दाहरूले ग्यासको विकल्पमा दाउरामा खाना पकाउन थालेका छन्। ग्यासको अर्को विकल्पका लागि हजारौँ मानिसले विद्युतीय चुल्हो छानेका र किन्नका लागि लामो लाइनमा बसेको देख्न सकिन्छ।

यसबाहेक, धेरैजसो ग्याँस-सञ्चालित सार्वजनिक यातायातहरूले सेवा प्रवाहलाई रोकेका छन्।

हैजाले दक्षिण अफ्रिकामा १७ जनाको मृत्यु

दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ प्रान्तको स्वास्थ्य विभागले जनाएको छ।

हालसम्म हैजाको प्रयोगशालामा पुष्टि भएका बिरामीको सङ्ख्या २९ पुगेको छ भने १७ जनाले ज्यान गुमाएका विभागले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ। हालै हम्मास्क्रालमा हैजाको प्रकोप देखिएपछि एक सय ६५ जनाको उपचार गरिएको छ ।

गत फेव्रुवरीको प्रारम्भमा दक्षिण अफ्रिकामा हैजाका दुई ‘केस’ अभिलेख भएको थियोभने सोही महिनाको अन्त्यमा एक जनाले ज्यान गुमाएपछि देशकाम विभिन्न भागमा झाडा तथा वाकवाकी लाग्ने, पेट दुख्ने र डिहाइड्रेसनका समस्याबाट मानिस पीडित भएका थिए। सरकारले यस्ता लक्षण देखिने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा गएर उपचार गराउन आग्रह गरेको थियो। विभागले अहिले पनि त्यस्ता लक्षण देखिए तत्काल स्वास्थ्य परीक्षण गराउन, नियमित रुपमा औषधि सेवन गर्न सर्वसाधारणलाई आह्वान गरेको छ।

बाख्मत शहर कब्जा गर्दा २० हजार रुसी सैनिक मारिए

रुस–युक्रेन युद्धमा रुसको निजी सैनिकका २० हजार सेना मारिएको खुल्न आएको छ।

रुसको तर्फवाट युक्रेनमा युद्ध लड्दै आएको रुसी निजी सैनिक समूह बाख्मत शहर कब्जा गर्ने क्रममा भएको लडाइँमा २० हजार सैनिक मारिएका हुन्।

वागनर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले बाख्मतमा झण्डै दश महिना चलेको बाख्मतको संघर्षमा आफ्ना समूहका २० हजार सैनिक जवानलाई गुमाउनु परेको बताए पछि सो रहस्य खुल्न आएको हो। प्रिगोजिनले क्रेमलिन समर्थक रणनीतिकार कन्स्टान्टिन डोल्गोभसँगको अन्तर्वार्तामार्फत उनले यो खुलासा गरेका हुन्।

पश्चिमा देशहरुको सहयोगमा सुरु गर्ने ठानिएको युक्रेनको जवाफी कारबाही अनुसार रुसी सेनालाई दक्षिणी र पूर्वी युक्रेनसँगै क्राइमियाबाट समेत भगाउने उद्धेश्यसहित उनीहरु तयार रहेको सुचना आएकोसमेत उनले जनाएका छन्। जसकाकारण रुसले पनि पश्चिमा सहयोगमा हुन सक्ने युक्रेनी आक्रमणको प्रतिकारका लागि पूर्ण रूपमा तयारी अवस्थामा रहनु पर्ने उनको सुझावसमेत सार्वजनिक भएको छ।

मस्कोले भने बाख्मत शहर कब्जा गर्ने प्रयाससमा आफ्ना ६ हजार सैनिक मात्रै मारिएको दाबी गरिरहेको बेला निजी सेनाका प्रमुखले भने उसको दाबी भन्दा १४ हजार भन्दा बढी सैनिक मारिएको जनाएको हो।

निजी सैनिक समूह वागनरमा कम तालिमप्राप्त लडाकुहरु धेरै भएकाले यति धेरै मात्रामा क्षति भएको अनुमान युद्ध विश्लेषकहरूले गरेका छन्।

उत्तरपश्चिम पाकिस्तानमा गोली चल्दा तीन प्रहरी घाइते

पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा बिहीबार भएको गोलीकाण्डमा तीन जना प्रहरी घाइते भएका छन् ।

प्रान्तको खैबर जिल्लामा अज्ञात बन्दुकधारीहरूले आक्रमण गर्दा बच्चाहरूलाई पोलियो खोप खुवाउन घर-दैलो अभियानमा घटिएका पोलियो कार्यकर्ताहरूको सुरक्षामा खटिएका  प्रहरी घाइते भएका छन् ।

आक्रमणमा पोलियो टोली सकुशल रहे पनि खोप अभियान भने अस्थायी रूपमा यस क्षेत्रमा रोकिएको छ । घाइते प्रहरीहरूको नजिकैको अस्पतालमा उपचार जारी छ ।  अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

प्रदेशका १२ जिल्लामा पाँच वर्षमुनिका ३५ लाखभन्दा बढी बालबालिकालाई खोप खुवाउने उद्देश्यले सोमबारदेखि पाँच दिने पोलियो अभियान सुरु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको भर्खरैको रिपोर्ट अनुसार जनवरी २०२१ देखि पाकिस्तानमा रिपोर्ट गरिएका सबै नयाँ पोलियोका घटनाहरू खैबर पख्तुनख्वा प्रान्तको दक्षिणी भागका रहेका छन् ।

रुसी विमान आक्रमण गरेको जापानको दाबी

टोकियो- प्रशान्त महासागर र जापानको समुद्रको किनारमा रुसी ‘गुप्तचर सूचना सङ्कलन’ विमान फेला परेपछि जापानले बिहीबार लडाकु विमानहरू खसालेको दाबी गरेको छ ।

एउटा रुसी विमानले जापानको उत्तरबाट पश्चिमी तटतर्फ यात्रा गरेको पाइएको थियो भने अर्कोले विपरीत तटमा उस्तै बाटो लिएर फर्केको पाइएको जापनी कर्मचारीले उल्लेख गरेका छन्।

जासुसी विमान उडेको पाइएपछि जवाफमा कारवाही गरिएको जापानले दाबी गरेको छ ।

हैजा लागेर दक्षिण अफ्रिकामा सत्र जनाको मृत्यु

दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ प्रान्तको स्वास्थ्य विभागले जनाएको छ ।

 हालसम्म हैजाको प्रयोगशालामा पुष्टि भएका बिरामीको सङ्ख्या २९ पुगेको छ भने १७ जनाले ज्यान गुमाएका विभागले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ । हालै हम्मास्क्रालमा हैजाको प्रकोप देखिएपछि एक सय ६५ जनाको उपचार गरिएको छ ।

गत फेव्रुवरीको प्रारम्भमा दक्षिण अफ्रिकामा हैजाका  दुई ‘केस’ अभिलेख भएको थियो भने सोही महिनाको अन्त्यमा एक जनाले ज्यान गुमाएपछि देशका विभिन्न भागमा झाडा तथा वाकवाकी लाग्ने, पेट दुख्ने र डिहाइड्रेसनका समस्याबाट मानिस पीडित भएका थिए ।

सरकारले यस्ता लक्षण देखिने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा गएर उपचार गराउन आग्रह गरेको थियो । विभागले अहिले पनि त्यस्ता लक्षण देखिए तत्काल स्वास्थ्य परीक्षण गराउन, नियमित रूपमा औषधि सेवन गर्न सर्वसाधारणलाई आह्वान गरेको छ ।

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  ८ : ०१ बजे

आशा लघुवित्तले १५ प्रतिशत बोनस दिने 

काठमाडौं– आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर धनीलाई  १५ प्रतिशत

वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग

काठमाडौं– अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन), विश्व वातावरण कानुन आयोगले

सञ्जीवनी फुटसल प्रतियोगिता : फस्ट स्टेप काठमाडौं च्याम्पियन 

सुनसरी– तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जीवनी फुटसल प्रतियोगिताको ओपन रिकभरिङ्गतर्फको उपाधि

पटाका बरामद

काभ्रे– बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६

श्रीलंका राष्ट्रपति निर्वाचन : दिसानायक अगाडि, विक्रमासिङ्घे तेस्रो स्थानमा

काठमाडौं– श्रीलंकामा शनिबार भएको राष्ट्रपति निर्वाचनको नतिजा  आउने क्रम सुरु