आइपीएलमा सट्टाबाजी खेलाउने गिरोह पक्राउ « Khabarhub

आइपीएलमा सट्टाबाजी खेलाउने गिरोह पक्राउ


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज – भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट प्रतियोगितामा सट्टाबाजी (जुवा) खेलाउने धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले वीरगन्जबाट एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ ।

आइपीएलमा बुधबार राति भएको मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्ट्स बीचको खेलमा सट्टाबाजी गरेको आरोपमा प्रहरीले वीरगन्ज महानगरपालिका-२४ का ३४ वर्षीय धुरेन्द्रप्रसाद यादव, बाराको कलैया उपमहानगरपालिका-४ का ३१ वर्षीय सरोज साह, सर्लाहीको रामनगर गाउँपालिका-६ का ३५ वर्षीय सन्तोषकुमार यादव र भारतको उत्तर प्रदेश राज्यको गोरखपुर देवरियाका ५२ वर्षीय मुन्ना भनिने धर्मनाथ प्रसाद जयसवाललाई पक्राउ गरेको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १५ स्थित सञ्जय श्रीवास्तवको घरमा बुधबार राति आइपीएल प्रतियोगिताको अनलाइन सट्टाबाजी खेलाइरहेकै अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

श्रीवास्तवको घरमा आइपीएलको सट्टाबाजी चलिरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट नगद ३ लाख ९० हजार ५०० सय नेपाली रुपैयाँ र १५ हजार ७५० भारतीय रुपैयाँ पनि बरामद गरेको छ।

पक्राउ परेकाहरूमाथि अनलाइन सट्टाबाजीको मुद्दा चलाएर पर्सा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  ९ : ०९ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी