पाकिस्तानमा छुट्टाछुट्टै आक्रमणमा ६ जना आतङ्ककारी र ४ सर्वसाधारणको मृत्यु « Khabarhub

पाकिस्तानमा छुट्टाछुट्टै आक्रमणमा ६ जना आतङ्ककारी र ४ सर्वसाधारणको मृत्यु


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अफगान सीमा नजिकै उत्तरी वजिरिस्तानमा बुधबार आत्मघाती बम आक्रमणकारीले प्रहरी चौकीलाई निशाना बनाई आक्रमण गर्दा दुई सैनिक र एक प्रहरी अधिकारीसहित चार जनाको ज्यान गएको छ । डनले जिल्ला प्रशासनलाई उद्धृत गर्दै सो बारे उल्लेख गरेको छ ।

उत्तरी वजिरिस्तानका डेपुटी कमिश्नर रेहान गुल खट्टाकले आत्मघाती बम आक्रमणकारीले नियमित सुरक्षा जाँच भइरहेका बेला दत्ता खेल सहरको लियाकत चौकीमा आक्रमण भएको बताएका छन् ।

स्रोतका अनुसार सुरक्षाकर्मीहरूले गोप्य रूपमा आक्रमण गर्दा विद्रोहीहरूको मृत्यु भएको डनले उल्लेख गरेको छ । सेनाको सञ्चार शाखा, आईएसपीआरले जारी गरेको विज्ञप्तिमा घटनाक्रम पुष्टि गरेको हो । कारवाहीका क्रममा सुरक्षा बलहरू बीच तीव्र फायरिङ आदानप्रदान भएको र आतङ्ककारीहरू मारिएका हुन् ।

आतङ्ककारीहरूबाट बन्दुक र गोली बरामद भएको छ । यस क्षेत्रमा अन्य आतङ्ककारीहरूको पनि खोजी भइरहेको छ ।

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  १० : ०२ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२