भारतको मुम्बईमा १०० वर्ष पुरानो भवन भत्किँदा १२ जनाको मृत्यु | Khabarhub Khabarhub

भारतको मुम्बईमा १०० वर्ष पुरानो भवन भत्किँदा १२ जनाको मृत्यु


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतीय राज्य महाराष्ट्रको मुम्बईमा भएक भवन भत्किँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । भवनमा अझै पनि ४० देखि ५० जनासम्म च्यापिएका हुनसक्ने आशंका गरिएको छ ।

मुम्बईको डोंगरी क्षेत्रमा ४ तले भवन भत्किँदा १२ जनाको मृत्यु भएको र ५ जनालाई सकुशल उद्दार गरिएको इन्डिया टुडेले जनाएको छ ।

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले उक्त भवन १०० वर्ष पुरानो भएको बताएका छन् ।

भारतको केन्द्रीय गृह मन्त्रालय मातहत रहेको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) ले भवनमा च्यापिएका व्यक्तिको उद्दार प्रयास गरिरहेको जनाइएको छ ।

स्थानीय प्रहरी र उद्दारकर्मीले भवनमा च्यापिएका व्यक्तिको खोजी जारी राखेका छन् भने घाइतेहरुलाई उपचारका लागि अस्पताल पुर्याइएको छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  २ : ५७ बजे

इरानले ठूलो मूल्य चुकाउनु पर्ने नेतन्याहूको चेतावनी

जेरुसेलम – बिहीबार दक्षिणी इजरायलको एक अस्पतालमा इरानले क्षेप्यास्त्र आक्रमण

श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण

सुनसरी – बराहक्षेत्र नगरपालिकाले बराहक्षेत्र नगरपालिका–६ र ९ श्रीलङ्का टापुका

नेपालविरुद्ध नेदरल्याण्ड्सका माइकल लेविटको अर्धशतक

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेपालविरुद्ध ब्याटिङ

नेपालले लियो नेदरल्याण्ड्सको चौथो विकेट

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा