लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन सुरु « Khabarhub

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन सुरु


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बुटवल – लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश प्रमुखबाट प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी र मौजुदा मन्त्रिपरिषद् नियुक्ति र कार्य विभाजनसम्बन्धी प्राप्त पत्र सभामुखले पढेर सुनाएका थिए ।

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले सरकारले कृषि, पर्यटन र रोजगारलाई प्राथमिकतामा राखेर बजेट बनाउनुपर्ने बताए । “प्रदेशको समृद्धि नै अहिलेको आवश्यकता हो । रोजगारी सिर्जना गर्ने मूल लक्ष्य छ”, उनले भने, “सरकारले जनभावनाअनुसार बजेट ल्याउने आशा छ ।”

नेकपा (एमाले)का उपनेता चेतनारायण आचार्यले प्रदेश स्थापना हुँदा बनेको सरकारले प्रदेशको समृद्धिका लागि योजना निर्माण गरेको र सोही योजनालाई आधार मानेर बजेट तथा कार्यक्रम बनाउन सुझाव दिए । उनले अघिल्लो पटक बनेका सरकारले अघि सारेका योजना र तिनको अवस्थाका बारेमा जिज्ञासा राखे ।उनले प्रश्न भने, “पाँच वर्षअघि सारिएका आयोजना अझै किन पूरा हुन सकेन ?”

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक इन्द्रजित थारुले सन्तुलित विकासलाई आधार मानेर सरकारले बजेट तथा कार्यक्रम बनाउनुपर्ने बताए । उनले सरकारले सबैको भावना सम्बोधन गर्न सक्नुपर्ने बताए । “विकास र समृद्धि अहिलेको मूल आवश्यकता हो”, उनले भने, “बजेटले अहिलेको समस्या समाधान गर्ने मार्ग देखाओस ।”

बैठकमा औद्योगिक व्यवसायसम्बन्धी प्रचलित प्रदेश कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पेश भएको छ । दोस्रो अधिवेशनको पहिलो बैठकमा सरकारको तर्फबाट आन्तरिक मामिला, कानून तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेले उक्त विधेक पेश गरेका थिए । प्रदेशसभाको यही बैठक जेठ १४ गते बस्नेछ ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  १० : ०९ बजे

ओलीमाथि दबाब बढ्दै गर्दा एमालेका जनसंगठनको भेलामा पुगिन् विद्या

काठमाडौं- अध्यक्ष केपी शर्मा ओलीमाथि नेतृत्व छाड्न दबाब बढिरहेका बेला

पोखरामा ८ हजारभन्दा बढीले एकसाथ मनाए अन्तर्राष्ट्रिय योग दिवस

पोखरा– नेपालस्थित भारतीय दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखरा

आर्थिक गणना : १३ लाखभन्दा बढी प्रतिष्ठानको विवरण संकलन

काठमाडौं– राष्ट्रिय तथ्यांक कार्यालयले हालसम्म साढे १३ लाख भन्दा बढी

पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित लिउत गाउँ जाने बाटोमाथि पर्ने

जोरायलले संरक्षण गर्दै बासमती धान

काठमाडौं– सुदूरपश्चिम प्रदेशमा प्रसिद्ध जोरायलले बासमती धानको संरक्षण गर्दै यसको