पूर्वका जिल्लामा एउटै वस्तुकाे मूल्य फरक–फरक « Khabarhub

पूर्वका जिल्लामा एउटै वस्तुकाे मूल्य फरक–फरक


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा एउटै वस्तुलाई फरक–फरक मूल्यमा बेच्ने गरिएको सरकारी प्रतिवेदन सार्वजनिक भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको २३औं वार्षिकोत्सवको अवसरमा आयोगको कोशी प्रदेश शाखा कार्यालय खोटाङले शनिबार दिक्तेलमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बजारमा ‘एउटै वस्तुको मूल्य फरक–फरक’ रहेको प्रतिवेदन सार्वजनिक गरिएको हो ।

तीन जिल्लाका बजारमा एउटै वस्तुलाई फरक–फरक मूल्य तिर्न बाध्य बनिरहेका उपभोक्ताको हकहित संरक्षणमा स्थानीय तहको भूमिका सशक्त हुन नसकेको मानव अधिकार आयोगले जनाएको छ ।

चाडबाडको समयमा सवारी साधनको भाडा नियन्त्रण हुन नसकेको लगायतका विषयलाई मानव अधिकारको अवस्थामा सुधार हुन नसकेको पक्षमा उल्लेख गरिएको छ ।

मानव अधिकार सम्वन्धी पाँचौं राष्ट्रिय कार्ययोजना र दिगो विकास सम्बन्धी सूचकहरुलाई स्थानीयकरण गरी कार्यान्वयन गर्ने सम्बन्धमा तीन जिल्ला समन्वय समिति सहित अधिकांश स्थानीय तह गम्भीर नभएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ७ : ०७ बजे

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल