पूर्वका जिल्लामा एउटै वस्तुकाे मूल्य फरक–फरक « Khabarhub

पूर्वका जिल्लामा एउटै वस्तुकाे मूल्य फरक–फरक


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा एउटै वस्तुलाई फरक–फरक मूल्यमा बेच्ने गरिएको सरकारी प्रतिवेदन सार्वजनिक भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको २३औं वार्षिकोत्सवको अवसरमा आयोगको कोशी प्रदेश शाखा कार्यालय खोटाङले शनिबार दिक्तेलमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बजारमा ‘एउटै वस्तुको मूल्य फरक–फरक’ रहेको प्रतिवेदन सार्वजनिक गरिएको हो ।

तीन जिल्लाका बजारमा एउटै वस्तुलाई फरक–फरक मूल्य तिर्न बाध्य बनिरहेका उपभोक्ताको हकहित संरक्षणमा स्थानीय तहको भूमिका सशक्त हुन नसकेको मानव अधिकार आयोगले जनाएको छ ।

चाडबाडको समयमा सवारी साधनको भाडा नियन्त्रण हुन नसकेको लगायतका विषयलाई मानव अधिकारको अवस्थामा सुधार हुन नसकेको पक्षमा उल्लेख गरिएको छ ।

मानव अधिकार सम्वन्धी पाँचौं राष्ट्रिय कार्ययोजना र दिगो विकास सम्बन्धी सूचकहरुलाई स्थानीयकरण गरी कार्यान्वयन गर्ने सम्बन्धमा तीन जिल्ला समन्वय समिति सहित अधिकांश स्थानीय तह गम्भीर नभएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ७ : ०७ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार