सुदूरपश्चिमका युवायुवतीलाई संसदीय अभ्यास « Khabarhub

सुदूरपश्चिमका युवायुवतीलाई संसदीय अभ्यास


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिमका युवायुवतीलाई संसदीय प्रणालीसम्बन्धी अभ्यास गराइएको छ ।

सुदूरपश्चिम प्रदेश युवा परिषदले उक्त अभ्यास गराएको हो । प्रदेशका युवाहरूको नेतृत्वदायी क्षमता अभिवृद्धि गर्ने हेतुले धनगढीमा ४ दिने संसदीय अभ्यास गराइएको बताइएको छ । नमूना युवा संसद् अभ्यासमा सामेल युवाले संसद्का काम कारबाही, सरकारका काम र छनौट हुने योजना लगायतका बारेमा जानकारी गराइएको हो ।

यस्तै उनीहरूले नमूना युवा संसद् अभ्यासबाट नेतृत्वदायी क्षमताको विकाससँगै सही नेतृत्व छनौट र आफ्ना अधिकारका विषयमासमेत जानकारी लिएको बताएका छन् । सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लाबाट प्रतिनिधिमूलक रुपमा युवायुवतीलाई उक्त कार्यक्रममा सहभागी गराइएको थियो ।

उक्त कार्यक्रममा प्रतिनिधि सभा, प्रदेशसभाले बनाउने ऐन, कानुन र कार्यान्वयनका चरणहरू बारे छलफल गरिएको थियो । जेठ ९ गतेदेखि सुरु भएको नमूना युवा संसद् अभ्यास आज १२ गतेसम्म चलेको थियो ।

 प्रदेश युवा परिषद सुदूरपश्चिमले हरेक वर्ष कार्यक्रम नै राखेर नमूना युवा संसद् अभ्यास आयोजना गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ७ : २६ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार