९ हजारभन्दा बढी अफगानीद्वारा शरणका निम्ति आवेदन « Khabarhub

९ हजारभन्दा बढी अफगानीद्वारा शरणका निम्ति आवेदन


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एक महिनाको अवधिमा नौ हजारभन्दा बढी अफगानीले युरोपेली सङ्घमा शरणका लागि आवेदन गरेका पाइएको छ ।

युरोपेली जनगणना ब्युरोका अनुसार गत महिनामा नौ हजारभन्दा बढी अफगान नागरिकले सङ्घका सदस्य राष्ट्रमा शरणका लागि आवेदन गरेका पाइएको छ । कुनै एक देशबाट शरणका निम्ति आवेदन गरिएको यो अभिलेख अहिलेसम्मकै उच्च हो ।

चालु वर्षको प्रारम्भमा नै सङ्घका सदस्य राष्ट्रमा शरणार्थीको चासो गत वर्षको तुलनामा ४० प्रतिशतले बढेको छ । गत बिहीबार मासिक प्रतिवेदन सार्वजनिक गर्दै युरोपेली जनगणना ब्यूरोले फेब्रुवरीमा मात्रै ७६ हजार पाँच सय व्यक्तिले सङ्घका सदस्य देशमा शरणका लागि आवेदन बुझाएके र गत वर्षको तुलनामा ४० प्रतिशतले वृद्धि भएको जनाइएको छ ।

युरोपेली सङ्घमा आबद्ध मुलुकमा सबैभन्दा धेरै शरण खोज्नेको सङ्ख्या सिरिया र अफगानिस्तानका नागरिकको रहेको छ । शरणका लागि आवेदनको ७७ प्रतिशत क्रमशः स्पेन, जर्मनी, फ्रान्स र इटालीमा दर्ता भएको छ । जर्मनीमा फेव्रुवरीमा २५ हजारभन्दा आवेदन परेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ८ : ०८ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार