किशोरकुमारको बायोपिकबाट अलग्गिँदै रणवीर कपूर « Khabarhub

किशोरकुमारको बायोपिकबाट अलग्गिँदै रणवीर कपूर


१४ जेष्ठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

मुम्बई – हालका दिनमा बलिउड फिल्म बक्सअफिसमा निरन्तर फ्लप भइरहँदा कलाकारहरु सावधान हुन थालेका छन्।

कोही पनि कलाकार जोखिमपूर्ण फिल्ममा काम गर्न चाहेका छैनन्। अभिनेता आमिर खान जस्ता कलाकार अभिनयबाट केही समयका लागि ब्रेक लिइसकेका छन्। अब यो लाइनमा रणवीर कपुर पनि आएका छन्।

यहीकारण रणवीरले लामो समयदेखि योजनामा रहेको दिग्गज गायक तथा अभिनेता किशोर कुमारको बायोपिकबाट हात झिक्ने संकेत दिइसकेका छन्। यो फिल्ममा अब रणवीरको स्थानमा अर्का अभिनेता रणवीर सिंह जोडिने सम्भावना देखिएको छ।

निर्देशक अनुराग बसु लामा समयदेखि रणवीरसँग मिलेर किशोर कुमारको बायोपिक बनाउने तयारीमा थिए। तर रणवीरका लागि नयाँ अभिप्रायले निर्देशक बसुलाई समस्यामा परेको छ। केही समयअघि रणवीरले ११ वर्षदेखि आफूले किशोर कुमारको बायोपिकमाथि विचार गरिरहेको खुलाएका थिए। उनले निर्देशकले स्क्रिप्ट लेखिरहेको र आफ्ना लागि अर्को बायोपिकमा अभिनय गर्न पाउनु खुशीको कुरा भएको बताएका थिए।

रणवीरले फिल्म ‘एनिमल’ पछि कुनै पनि फिल्ममा सम्झौता गरेका छन्। ‘तु झुठी मे मक्कार’ र ‘एनिमल’ पछि रणवीर अभिनयबाट ब्रेक लिन चाहन्छन्।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ८ : ४२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली